२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यडेल्टा र ओमिक्रोनको प्रकोपले स्वास्थ्य क्षेत्रमा सुनामी ल्याउन सक्ने : डब्लुएचओ

डेल्टा र ओमिक्रोनको प्रकोपले स्वास्थ्य क्षेत्रमा सुनामी ल्याउन सक्ने : डब्लुएचओ

'पहिला नै थकित स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीमा ठूलो बोझ थपिने'


कोभिड-१९को डेल्टा र ओमिक्रोन भेरियन्टले स्वास्थ्य क्षेत्रमा सुनामी ल्याउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै संगठनका प्रमुख टेड्रोस अधानम गेब्रेयससले स्वास्थ्य क्षेत्रमा ‘सुनामी’ ल्याउन सक्ने चेतावनी दिएका हुन ।

पछिल्लो एक हप्तामा विश्वभर कोभिडका घटनामा भएको वृद्धिलाई उल्लेख गर्दै प्रमुख गेब्रेयससले भने, ‘ओमिक्रोनको जोखिम यथावत छ। म चिन्तित छु कि ओमिक्रोन डेल्टा प्रकोपको समयमा अधिक संक्रामक हुँदै जाँदा केसहरूको सुनामी ट्रिगर हुन सक्छ। यसले पहिले नै थकित स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीमा ठूलो बोझ थप्नेछ।’

संगठनले यसको रोकथामका लागि नयाँ वर्षको साउनसम्ममा स्मपूर्ण देशहरुलाई ७० प्रतिशत जनसङ्ख्यालाई खोप दिने लक्ष्य पूरा गर्न सबै देशलाई आग्रह गर्दै सन् २०२२ मा विश्वले यो महामारीलाई परास्त गर्ने अपेक्षा व्यक्त गरेका छन्।

नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पहिलोपटक देखा परेपछि अमेरिका र युरोपका विभिन्न देशमा कोरोना भाइरसको यो रूप तिब्र गतिमा फैलिरहेको छ । भारत लगायत एसियाका धेरै देशहरूमा पनि केसहरू देखा परेका छन् र कोभिड केसमा अचानक उछाल देखिएको छ। यस्तो अवस्थामा डब्ल्यूएचओले विश्वका देशहरूलाई जतिसक्दो चाँडो ७० प्रतिशत जनसंख्यालाई खोप लगाउन आग्रह गरेको हो ।

प्रमुख गेब्रेयससले फेरी एकपटक कोरोना भाइरसका भेरियन्ट ओमिक्रोन र डेल्टालाई विश्वभर सङ्क्रमण बढेको भन्दै जिम्मेवार ठहर गरेका छन् । ग्लोबल हेल्थ अर्गनाइजेसनका शीर्ष अधिकारीहरूले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट भएको हल्का लक्षण सङ्क्रमणलाई सङ्केत गर्ने प्रारम्भिक तथ्याङ्कलाई पूर्ण लक्षण स्वीकार गर्न हत्तार गरेको उनको भनाइ छ ।

डब्लुएचओका १९४ सदस्य राष्ट्रमध्ये ९२ देशले यस वर्षको अन्त्यसम्ममा आफ्नो ४० प्रतिशत जनसंख्यालाई खोप दिने लक्ष्य पनि पूरा गर्न नसकेकाले चिन्ता बढेको संगठनले उल्लेख गरेको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ