२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीले भने, ‘जापान सरकारबाट स्वास्थ्य क्षेत्रमा निरन्तर बढ्दो सहयोगको अपेक्षा गरेका छौं’

स्वास्थ्यमन्त्रीले भने, ‘जापान सरकारबाट स्वास्थ्य क्षेत्रमा निरन्तर बढ्दो सहयोगको अपेक्षा गरेका छौं’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जापान सरकारबाट नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर बढ्दो सहयोगको अपेक्षा गरेको बताएका छन् । बिहीबार मन्त्रालयमा नेपालका लागि जापानी राजदूत किकुता युतासँगको शिष्टाचार भेटका क्रममा मन्त्री खतिवडाले उक्त धारणा व्यक्त गरेका हुन् ।

उनले जापानले नेपालमा विभिन्न स्वास्थ्य परियोजनामा सहयोग गरेको फेरिहस्ते प्रस्तुत गर्दै महाभूकम्पपछि स्वास्थ्य संरचना पुनःनिर्माण र कोभिड—१९ महामारीमा जापानले गरेको सहयोगको प्रशसा गरे । सो क्रममा उनले सन् १९५६ मा नेपाल र जापानबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेकोमा आभार समेत व्यक्त गरे ।

नेपालको पूर्वाधार विकास, गरिबी निवारण, कृषि, साना तथा मझौला उद्यम, जनस्वास्थ्य र शिक्षाको सुधार, मानव संशाधनको विकासलगायतका क्षेत्रमा जापान सरकारको निरन्तर सहयोग रहेको उल्लेख गर्दै मन्त्री खतिवडाले भूकम्पपछि वीर अस्पताल, परोपकार प्रसुती गृह, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, कान्ति बाल अस्पताल निर्माण, विस्तार र सुधारका लागि पु¥याएको योगदान उल्लेखनीय रहेको बताए । यस्तै, उनले विभिन्न स्वास्थ्य परियोजनाको रहेको जापानी सहयोग सरहाना गरे ।

सन् २०२२ को मध्य अप्रिलसम्ममा नेपालले सबै जनसंख्यालाई खोप लगाउने लक्ष्य राखेको उल्लेख गर्दै १६ लाख १४ हजार ७ सय ४० डोज अस्ट्राजेनेकाको खोप महत्वपूर्ण समयमा उपलब्ध गराएको भन्दैं धन्यवाद ज्ञापन गरे । यस्तै, कोभिड—१९ विरुद्धको लडाइमा नेपाललाई चिकित्सा उपकरण र आपूर्तिको महत्वपूर्ण सहयोगको पनि प्रशंशा गरे । जापानले कोभिड—१९ विरुद्ध लडाइमा नेपाललाई १ सय ६० वटा अक्सिजन जेनेरेटर, २५ वटा ब्लड ग्यास एनलाइजर, २५ वटा पोर्टेबल अल्ट्रासाउण्ड इमेज डाइग्नोष्टिक सिष्मट र ६ वटा एम्बुलेन्स उपलब्ध गराएको थियो ।

जापानले नेपाललगायत विश्वका सबै विकासशोन्मुख देशहरुमा कोभ्याक्समार्फत भ्याक्सिन उपलब्ध गराउन १ सय करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । उक्त प्रतिवद्धताको पनि मन्त्री खतिवडाले प्रशंशा गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ