२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसर्वसाधारणको भन्दा चिकित्सककै आयु छोटो

सर्वसाधारणको भन्दा चिकित्सककै आयु छोटो


सर्वसाधारण मानिसहरुलाई स्वस्थ्य रहन र लामो समय बाँच्नको लागि सुझाब दिने चिकित्सक स्वयंमको आयु भने सामान्य मानिसको भन्दा कमी हुने गरेको पाइएको छ । भारतको केरलमा इन्डियन मेडिकल एसोशियसनको रिसर्च सेलले गरेको एउटा अध्ययनमा अनुसन्धानकर्ताहरु यस्तो निस्कर्षमा पुगेका हुन् । अधिकांश चिकित्सकको मुटसँग सम्बन्धित समस्याका कारण मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।

सन् २००७ देखि २०१७ सम्म चिकित्सकको मृत्यु दरको अध्ययनको विश्लेषणपछि अनुसन्धानकर्ताहरु पछिल्लो निस्कर्षमा पुगेका हुन् । ‘१० हजार चिकित्सकमध्ये २८२ जनाको अध्ययन अवधिमै मृत्यु भएको थियो,’ अध्ययनलाई उदृत गर्दै दी टाइम्स अफ इन्डियाले जनाएको छ ।

मृत्यु हुने चिकित्सकमध्ये ८७ प्रतिशत पुरुष र १३ प्रतिशत महिला छन् । उनीहरुमध्ये २७ प्रतिशत मुटुजन्य समस्या, २५ प्रतिशत क्यान्सर, २ प्रतिशत संक्रमण र बाँकी १ प्रतिशतले आत्महत्या गरेका थिए । भारतीयको औसत आयु ६७ दशमलव ९ छ जबकी अल्पसंख्यक मलायलीको आयु ७४ देशमलब ९ प्रतिशत छ ।

अध्ययन अनुसार मलायली चिकित्सकको आयु ६१ दशमलब ७५ छ । ‘आँकडाबाट हामी निकै चकित परेका छौ किनकी दीर्धजिवी रहने भन्ने बारेमा चिकित्सकहरुलाई राम्रो थाहा छ,’ आईएमए रिसर्च सेल कन्भेनर डा. भिनयन केपीले भने । ‘निजी वा सरकारी अस्पताल जहाँ भए पनि चिकित्सकहरु निकै प्रेसरमा काम गरेका हुन्छन् । घन्टौं काम गर्नुपर्ने, उनीहरुले जाँच्ने बिरामी र चिकित्सकको उच्च आकाक्षाका कारण उनीहरुमा बढी तनाब छ । सरकारी सामाजिक सुरक्षा योजनाबाहेक उनीहरुको काम गर्ने समय तोकिनुपर्छ । चिकित्सकको आवधिक स्वास्थ्य परीक्षणगर्नुपर्छ,’ आइएमएका पूर्व अध्यक्ष डा. भिजी प्रदीप कुमारले भने ।

अध्ययनले सामान्य मानिसको भन्दा चिकित्सकको आयु थोरै देखाएको यो पहिलो पटक भने होइन । यसअघि इन्डियन मेडिकल एशोसियसन (आइएमए) को पुणे शाखाले भारतीय चिकित्सकको औषत आयु ५५ देखि ५९ वर्ष भएको दर्शाएको थियो । यो तथ्यांक सामान्य मानिसहरुको भन्दा १० वर्ष कमि हो । एशोसियनको सामाजिक सुरक्षा योजना (एसएसएस) मा आबद्ध महाराष्टका ५५ सय चिकित्सक र र देशभरका १० हजार दर्तावाल चिकित्सकको विश्लेषणको आधारमा सो निस्कर्ष निकालिएको थियो ।

– एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ