२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिएस्सी नर्सिङ्ग पढाउने तयारी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिएस्सी नर्सिङ्ग पढाउने तयारी


काठमाडौ–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसै शैक्षिक सत्रबाट बिएस्सी नर्सिङ्ग अध्यापन सुरु गर्ने भएको छ । प्रतिष्ठान स्थापना भएपछि पहिलो शैक्षिक कार्यक्रम बिएस्सी नर्सिङ्ग बाट सुरु गर्ने तयारी गरेको हो । दाङ्गमा रहेको सो प्रतिष्ठानले नर्सिङ्ग अध्ययापनका लागि आवश्यक पाठ्यक्रम तयार गर्न बिहीवार राजधानीमा विभिन्न विश्वविद्यालयका विज्ञलाइ बोलाएर पाठयक्रम विकास कार्यशाला आयोजना गरेको छ । पाठयक्रम तयारी गरी त्यसलाइ प्रतिष्ठानको प्राज्ञिक परिषदबाट पास गराउनुपर्छ ।

परिषदबाट पाठ्यक्रम पास भएर नर्सिङ्ग अध्यापन अनुमतीका लागि नर्सिङ्ग काउन्सिलले स्वीकृत दिएपछि प्रतिष्ठानलाई बिएस्सी नर्सिङ्ग पढाउने बाटो खुल्छ । आगामी बैशाखसम्ममा यी सबै प्रकृया सकेर अध्यापन सुरु हुने प्रतिष्ठानकी उपकुलपती प्रा.डा. संगिता भण्डारीले जानाकारी दिइन् ।

नर्सिङ्ग परिषदकी अध्यक्ष प्रध्यापक गोमा निरौलाले सरकारी प्रतिष्ठानले नर्सिङ्ग अध्यापन गराउनु सहनीय भएको भन्दै गुणस्तरमा कुनै सम्झौता गर्न नहुने सुझाव दिइन् । उनले पाठयक्रम, फ्याकल्टी र प्रयोगात्मक अध्ययन गरि तीन पक्षलाई उत्कृष्ट बनाउनुपर्नेमा जोड दिइन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर केदार वरालले अहिले बजारमा नर्सको संख्या धेरै भएको तर उत्पादन भएका थोरै नर्समात्र गुणस्तरीय भएको बताए ।

नर्सिङ्ग अध्ययन भनेको पढाइ मात्र नभएर सेवासँग पनि जोडीएको हुँदा अध्यापन गराउने भन्दा पनि पहिले दिइने सेवालाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

नर्सिङ्ग परिषदकी रजिष्टार विन्दा घिमिरेले नेपाली समाज र विश्व दुवैलाई हेरेर पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिइन् । स्वास्थ्य मन्त्रालय नीति योजना माहाशाखा प्रमुख डा. विकास देवकोटाले मन्त्रालय र प्रतिष्ठानबीच बढेको दुरीलाइ कम गर्नुपर्ने धारणा राखेका थिए । कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व रजिष्टार श्याम लम्शालले जती नै दुर्गममा पढेता पनि सरकारी प्रतिष्ठानबाट उत्पादित जनशक्ती अब्बल हुने दावी गरे ।

सरकारले दुई वर्षअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिठान संचालन गर्न ऐन बनाइ तत्कालीन राप्ती अन्चल अस्पताललाइ प्रतिष्ठानमा परिणत गरेको थियो । प्रतिस्ठान स्थापना भएपछि पहिलो पटक शैक्षिक कार्यक्रम गर्न लागिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ