२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशमेसु डा. ढकालका सय दिन : अस्पतालको विस्तारित सेवालाई प्रमुख उपलब्धि

मेसु डा. ढकालका सय दिन : अस्पतालको विस्तारित सेवालाई प्रमुख उपलब्धि


बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटन्डेन्ट डा. इन्द्र ढकालले आफ्नो सय दिनको उपलाब्धि  सार्वजनिक गरेका छन् । उनले लामो समयदेखि चिकित्सकीय परामर्श र शल्यक्रियाको लागि कुर्नु पर्ने समस्या समाधान हुँदै गएको दावी सहित आफू नियुत्ती भएको एक सय दिनको उपलव्धी सार्वजनिक गरेका हुन् ।

डा. ढकालले अस्पतालको विस्तारित सेवालाई प्रमुख उपलब्धिका रुपमा उल्लेख गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका एक सय दिनका काम भनेर सार्वजनिक गरिएको विवरणमा २२ वेड रहेको इमरजेन्सी वार्डमा १३ वेड थप गरी ३५ वेडमा विस्तार भएको उनले भनेका छन् । विवरणमा आन्तरिक व्यवस्थापनलाई सुधार गर्दै क्यासलेस डिस्चार्ज काउन्टर, पेपरलेस डिस्चार्ज सिस्टम तथा ईमेरजेन्सी काउन्टरको विस्तार भएको उनले उल्लेख गरेका छन् ।

 महामारीको सरल र सहज व्यवस्थापन गर्नका लागि कोभिड सम्बन्धि उपचार एउटै छाना मुनि हुने व्यवस्था गरी कोरोना इमरजेन्सी सेवा विस्तार गरिएको डा. ढकालको दावी छ ।

ट्रामा रुप, मुटु रोग विभाग स्थापनाका लागि क्याथल्याव टेन्डर आह्वान, १० बेडको पेइङ्ग वार्ड, एमआरआई मेसिनको लागि टेन्डरलगाएतका सेवाका बारेमा विवरणमा उल्लेख गरिएको छ ।

डा. ढकालको प्रगति विवरणमा न्यूरो सर्जरी विभागलाई व्यवस्थित गर्दै चार शैय्याको न्यूरो एचडीयू सेवा विस्तार, पाँच बेडमा संचालनमा रहेको डायलाईसिस सेवालाई १२ बेड थप गरी १७ बेडमा सेवा विस्तार लगायतका उपलब्धिलाई  प्राथमकितामा राखिएको छ ।

डा. ढकालले गत असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डन्टका रुपमा कार्यभार ग्रहण गरेका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ