२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढीमा २५ शैय्याको अस्पताल निर्माण हुने

धनगढीमा २५ शैय्याको अस्पताल निर्माण हुने


कैलाली-धनगढीमा यसै वर्षदेखि २५ शैय्याको सैनिक अस्पतालको निर्माण सुरु भएको छ । धनगढीस्थित नेपाली सेनाको बोराडाँडी ब्यारेकको हातामा सैनिक अस्पताल निर्माण सुरु गरिएको हो ।

‘धनगढीमा एक वर्षभित्र सेनाको कल्याणकारी कोष र नेपाल सरकारको संयुक्त लगानीमा एक वर्ष भित्रै २५ शैयाको अस्पताल सञ्चालन गर्ने लक्ष्य रहेको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेयले भने, ‘भवन निर्माणको काम सुरु भइसकेको छ । २०७७ सालको सेना दिवसको दिन उद्वघाटन गर्ने तयारी छ।’

अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रिया लगायत सेवा पनि उपलब्ध हुने उनले बताए । अस्पतालले आकस्मिक कक्ष सबैका लागि तथा बहिरङ्ग र अन्य सेवा भने सैनिक र तिनका परिवारका लागि उपलब्ध गराइने जनाएको छ ।

अस्पताल निर्माणपछि सुदूरपश्चिम प्रदेशका सैनिक र उनीहरुका परिवारको स्वास्थ्योपचारमा सहज पहुँच हुने अपेक्षा गरिएको छ । काठमाडौं बाहिर यसअघि नेपालगञ्जमा सैनिक अस्पताल सञ्चालन भइसकेको छ भने इटहरी र पोखरामा यसै वर्ष उद्वघाटन गर्ने तयारी रहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ