२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसय बेड आफ्नै अस्पताल नहुने नर्सिङ क्याम्पसको सिट संख्या काटिदैं

सय बेड आफ्नै अस्पताल नहुने नर्सिङ क्याम्पसको सिट संख्या काटिदैं


काठमाडौं—आगामी वर्षदेखि आफ्नै अस्पताल नभएका नर्सिङ कलेजको सिट कटौती हुने भएको छ । नेपाल नर्सिङ काउन्सिलले २०७७ सैक्षिक सत्रबाट आफ्नै अस्पताल नहुने, सरकारी अस्पताल देखाएर अध्ययापन गराइरहेका र ५० वेड अस्पताल संचालन गरी ४० सिट पढाइरहेका सबैको कटौती गरी २० सिट बनाउने निर्णय गरेको हो ।

नर्सिङ काउन्सिलकी अध्यक्ष गोमा निरौलाले नर्सिङ सिक्षालाई गुणस्तरीय बनाउन यो निर्णय गरिएको बताइन् । पछिल्लो समय नर्सिङ विद्यार्थी उत्पादन बढी भएतापनि गुणस्तरीय नभएकोले कि निजी नर्सिङ कलेजको सुधार गर्नुपर्ने कि बन्द गर्नुको विकल्प नरहेको उनको भनाइ छ । ‘आगामी शैक्षिक सत्रबाट सबैले एक सय सिट पु¥याउनुपर्छ,’ उनले भनिन्, ‘होइन भने बन्द गर्नेतर्फ लाग्नुपर्छ ।’

नर्सिङ अध्यापन गराउने कलेजहरुले पाठ्यक्रम सोहीअनुसार फ्याकल्टी र क्लिनिकल प्रायाक्टिस गराउन सक्नुपर्ने उनको भनाइ छ । ‘पाठ्यक्रम राम्रो भएर सैद्धान्तिक मात्र पढाएर हुँदैन, त्यतिकै क्लिनिकल रुपमा पनि दक्ष हुनुपर्छ,’ उनी भन्छिन्, ‘पछिल्लो समयको पढाइ गुणस्तरीय छैन् ।’ अझ भारतको बैगलोरमा पढेर आएका नर्सहरुको अवस्था विजोग रहेको उनको भनाइ छ । ‘त्यहाँ त सैद्धान्तिक मात्र पढाउँदा रहेछन्, क्लिनिकल प्रायाक्टीस एउटा पनि नलिई पास भएका विद्यार्थी पनि भेटे,’ उनी भन्छिन् ।

काउन्सिलकी रजिष्ट्रार बिन्दा घिमिरे नर्सिङ पढाइ ५० प्रतिशत प्रयोगात्मक, ४० प्रतिशत सैद्धान्तिक र १० प्रतिशत अन्य हुनुपर्ने बताउँछिन् । अहिले नेपालकै कतिपय कलेजले क्लिनिकल प्रायाक्टिस कम गराएको गुनासो आउनु गरेको छ । ‘सैद्धान्तिक पढाइ राम्रो हुन्छ तर पढि सकेर काममा जाँदा सिरिन्ज हान्न पनि डाराउने हुन्छन्,’ उनी भन्छिन्, ‘त्यस्तो पढाइ के गर्नु ।’

हाल नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएर संचालनमा रहेका १ सय ८९ नर्सिङ क्याम्पसमध्ये १ सय २३ ले अन्य व्यक्तिको स्वामित्वमा रहेका निजी अस्पताल र सरकारी अस्पताल देखाएर अध्यापन गराइरहेका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ