२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएउटै टि ब्यागमा अर्बौ सुक्ष्म प्लाष्टिकका कणः अध्ययन

एउटै टि ब्यागमा अर्बौ सुक्ष्म प्लाष्टिकका कणः अध्ययन


उच्च गुुणस्तर बताइएका केही टि ब्यागमा अर्बौ सुक्ष्म प्लाष्टिकका कण रहन सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ । क्यानेडेली अनुसन्धानकर्ताहरुले केही टि व्यागलाई पानीमा उमाल्दा यस्तो निष्कर्षमा पुगेका हुन् । माइक्रोप्लाष्टिकका अणु हाम्रो वातवरण वरपर पाइन्छ । यो धाराको पानी, बोत्तलको पानी र केही खानेकुरामा पाइन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले केही दिनअघि पानीमा भेटिएका यस्ता प्लाष्टिकका कणले स्वास्थ्यमा खासै असर नगर्ने जनाएको थियो । तर, आफ्नो अनुसन्धानको निष्कर्ष सिमित सूचनाका आधारमा निकालिएको जनाउदै डब्लुएचओले सो विषयमा वृहत अनुसन्धानका लागि आव्हान समेत गरेको थियो ।

क्यानडाको मोन्टरियलको म्याक गिल युनिर्भसिटकी अनुसन्धानकर्ताहरुले माईक्रोप्लाष्टिकले स्वास्थ्यमा पार्ने प्रभावबारे अझै बढी अनुसन्धान गर्न समेत आव्हान गरेका छन् । उनीहरुले ५ मिलिमिटर लम्बाई भन्दा साना प्लाष्टिकलाई माईक्रोप्लाष्टिकका रुपमा व्याख्या गरेका छन् ।

अध्ययनका लागि अनुसन्धानकर्ताहरुले व्याबसायिक प्रयोजनमा प्याक गरिएका प्लाष्टिकका विभिन्न टि व्याग किनेका थिए । अधिकांश टि व्याग पेपरबाट बनाइएको थियो । तर, केही पिमियम ब्रान्डले भने प्लाष्टिकका प्रयोग गरेको पाईएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

अनुसन्धानकर्ताहरुले चियाबाट हटाएर रित्तो टिव्यागलाई ९५ सेल्सियसम्म तताएका थिए । तताउने क्रममा उनीहरुले तातो पानीमा एउटै प्लाष्टिक टिव्यागबाट ११ अबर ६ करोड माईक्रोप्लाष्टिक र ३ अरब १ करोड साना नानो प्लाष्टिक भेटेका थिए । ती कणलाई नांगो आँखाले भने देख्न सकिदैन ।

-एजेन्सीबाट भावानुवाद


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ