२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमएको जुनियर विङले के—के गर्नेछ ?

एनएमएको जुनियर विङले के—के गर्नेछ ?


काठमाडौं–नेपाल चिकित्सक संघ (एमएमए)को जुनियर विङ जुनियर डक्टर्स काउन्सिलले आफ्ना उद्धेश्य र कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार संघको कार्यलयमा पत्रकार सम्मेलन गरी एनएमएको युवा विङले आफ्ना उद्देश्य र कार्यक्रम सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दैं एनएमएका महासचिव डा. लोचन कार्कीले संघ नीतिगत विषयमा बढी केन्द्रीत भएकाले जुनियर काउन्सिल गठन गरिएको बताए । प्रवक्ता डा.सन्तोष उपाध्यायले सिनियर र जुनियर चिकित्सकहरुको बीचमा सेतुको रुपमा काम गर्न जुनियर कमिटीले भूमिका खेल्ने बताए । कमिटीले स्वास्थ्य क्षेत्रको नीति नियम बनाउने तप्कामा युवाहरुको सहभागिता सुनिश्चित गर्ने जनाएको छ ।

चिकित्सक भएको १० वर्ष अवधिका डाक्टरहरुलाई जुनियर डाक्टर भन्ने विश्वव्यापी मान्यता रहिआएको छ । एनएमएको जुनियर विङले आफ्नो उद्देश्य तथा कार्यक्रममा युवा विङले चिकित्सकबीचमा सौहार्दपूर्ण ब्रिजको काम गर्ने, चिकित्सकका जनजीविका, वृद्धि, विकास र बहुआयमिक अत्यावश्यकीय मागहरुलाई सम्बोधन गराउन भूमिका खेल्ने, स्वास्थ्य क्षेत्रको नीति नियम बनाउने तप्कामा युवाहरुलाई पु¥याउनको निम्ति उनीहरुलाई परिपक्व बनाउने उद्धेश्य रहेको जनाएको छ ।

यस्तै, चिकित्सकहरुको समुचित परिचालन सहभागितामा जोड दिएर आम नेपाली जनताको स्वास्थ्य सेवालाई उत्कृष्ट र सहज पार्न भूमिका खेल्ने, विश्वका अन्य जेडिसीहरुसँग समन्वय गरेर मेडिकल अन्तक्रिया र एक्सचेन्ज कल्चर स्थापना गर्ने, नयाँ सदस्य बनाउन प्रेतिर कार्यक्रम गरी एनएमएलाई बलियो र मजबुत संस्था स्थापना गर्न भूमिका खेल्ने, ख्यातिप्राप्त सिनिएर चिकित्सकहरुसँग काउन्सिलिङ्ग र अन्तर्किया कार्यक्रम हरेक महिना राख्ने उद्धेश्य पनि जुनियर विङको छ ।

साथै, उसले समाजका अन्य सामाजिक व्यक्तिहरुसँग छलफल संवादमार्फत चिकित्सक र आम नागरिक बिचको बिग्रदैं गएको सम्बन्ध सुधारमा जोड दिने पनि आफ्नो आफ्नो उद्देश्य तथा परिकल्पनामा उल्लेख गरेको छ । विङले चिकित्सकको तलब भत्ता, सेवा सुविधा विस्तार, सुरक्षा, समग्र चिकित्सकको ब्यवस्थापन र विशेषज्ञ जनशक्तिको अनुपात उत्पादनका मुद्दाहरुमा राज्यसँग दबाब र संवाद गर्ने, रिसर्च गर्न, गराउन तथा रिसर्च सम्बन्धि कार्यक्रमलाई थप प्रभाबकारी बनाउन मद्धत गर्ने, चरणबद्ध अत्यावश्यक र सीपमूलक तालिमहरु गरेर टिओटी उत्पादन गर्ने साथै अन्य अभिमुखीकरण कार्यक्रमहरुको पनि टिओटी उत्पादन गर्ने उद्धेश्य राखेको छ ।

यस्तै, देशमा आइपर्ने विभिन्न आपतकालीन अवस्थालाई सम्बोधन गर्न विशेष तयारी गर्ने, निःशुल्क हेल्थ क्याम्प देशको विभिन्न ठाउँमा गर्ने, विशेष गरी अत्यावश्यकीय ठाउँको पहिचान गरेर सञ्चालन गर्ने पनि युवा विङले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ