२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारले छुट्यायो ठूला ३५ अस्पतालबाट नि:शुल्क र छुटमा उपचार गराउन पाउनेको समूह

सरकारले छुट्यायो ठूला ३५ अस्पतालबाट नि:शुल्क र छुटमा उपचार गराउन पाउनेको समूह


काठमाडौं–सरकारले २५ शैय्याभन्दा माथिका ३५ अस्पतालमा निःशुल्क वा सहुलियतमा स्वास्थ्य सेवा पाउने समूह छुट्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वटा समूहभित्र पर्ने बिरामीका लागि अस्पतालमा रहेका सामाजिक सुरक्षा इकाई मार्फत निःशुल्क वा आंशिक छुट उपलब्ध गराउने गरी मार्गदर्शन तयार गरेको छ ।

मार्गदर्शनअनुसार निःशुल्क या आंशिक छुट पर्नेको पहिलो नम्बरमा गरिब, दोस्रोमा असहाय, तेस्रोमा अपाङ्ग भएका व्यक्ति, चौथोमा जेष्ठ नागरिक, पाँचौ लैङ्गिक हिंसा पीडित (बालवालिकासमेत) परेका छन् । त्यसैगरी छैटौमा महिला स्वास्थ्य स्वंमसेविका, सातौमा प्राकृतिक प्रकोपमा परेका (भूकम्प, बाढी, पहिरो), आठौमा सहिद परिवार, नवौमा कुपोषित बालवालिका, दशौमा प्रहरीले ल्याएका थुनुवा, ११ औमा दुर्घटनामा परेका आकस्मिक बिरामी (अभिभावक नभएको) र बाह्रौं नम्बरमा सीमान्तकृत तथा लोपन्मुख आदिवासी रहेका छन् ।

मार्गदर्शनले तोकेका समूहलाई निःशुल्क तथा आंशिक छुटका लागि सबै केन्द्रीय अस्पतालहरुमा सामाजिक सेवा इकाई अनिवार्य स्थापना गर्ने पनि उल्लेख गरिएको छ । हालसम्म ३२ वटा केन्द्रिय अस्पतालमा सामाजिक इकाई संचालनमा थिए । यस वर्षदेखि डडेलधुरा अस्पताल, गौर अस्पताल र तुलसीपुर अस्पताल थपी ३५ वटा अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरेको छ ।

अस्पतालहरुलाइ तोकिएको मापदण्डमा रहेर खर्च गर्न सहज होस भन्ने हिसाबले यो मार्गदर्शन बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय योजना तथा अनुगमन महाशाखाका उपसचिव लीलाराज पौडेल बताउँछन् । ‘सरकारले दिएको अनुदान सहि तरिकाले खर्च गर्न सहज होस भनेर यो मार्गदर्शन ल्याइएको हो,’ उनले हेल्थआवाजसँग भने, ‘अस्पतालहरुले आफ्नो स्रोत पहिचान गरेर खर्च गर्दा पनि यही मार्गदर्शन अनुसार गर्दा सहज हुन्छ ।’

कसरी पाउँछन् यी समूहका बिरामीले सहुलियत

सरकारले २०६९ सालमा सामाजिक सेवा इकाई स्थापना तथा संचालन निर्देशिका ल्याएको छ । जसअनुसार अस्पताल प्रमुखको संयोजकत्वमा नर्सिङ्ग प्रमुख, आकस्मिक विभाग प्रमुख, मेडिकल विभाग प्रमुख, लेखा प्रमुख, स्वास्थ्य बिमा सम्पर्क व्यक्ति र सामाजिक सेवा इकाई प्रमुख रहेको व्यवस्थापन समिति हुनेछ ।

सो समितिले बिरामीको आर्थिक अवस्था मुल्यांकन गरी परिचयपत्रका आधारमा सेवाहरु निःशुल्क या छुटमा उपलब्ध गराउने छ । लैङ्गिक हिंसा पीडितको उपचारको हकमा भने सबै सेवाहरु निःशुल्क उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

आ.व. २०७४/७५ वा सोभन्दा अगाडि सामाजिक सेवा एकाइ स्थापना भई सञ्चालन भएका अस्पतालहरू

१. चिकित्सा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२. कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौं
३. परोपकार स्त्री रोग तथा प्रसूति गृह, थापाथली, काठमाडौं
४.राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं
५. कोशी अञ्चल अस्पताल, विराटनगर, मोरङ्ग
६. भरतपुर अस्पताल, भरतपुर, चितवन
७. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की
८. भेरी अञ्चल अस्पताल, नेपालगञ्ज, बाँके
९. सेती अञ्चल अस्पताल, धनगढी, कैलाली
१०.राप्ती उपक्षेत्रीय अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ्ग
११. महाकाली अञ्चल अस्पताल, कञ्चनपुर
१२. धौलागिरी अञ्चल अस्पताल, बाग्लुङ
१३. लुम्विनी अञ्चल अस्पताल, रूपन्देही
१४.हेटौंडा अस्पताल, हेटौंडा, मकवानपुर
१५.त्रिशुली अस्पताल, नुवाकोट
१६.गोरखा अस्पताल, गोरखा
१७.सिन्धुली अस्पताल, सिन्धुली
१८.भक्तपुर अस्पताल, भक्तपुर
१९.वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
२०.गंगालाल हृद्धयरोग केन्द्र, बाँसवारी, काठमाडौं
२१.धुलिखेल सामुदायिक अस्पताल, काभ्रे
२२. त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
२३. पाटन अस्पताल, पाटन, ललितपुर
२४. मध्यपश्चिम क्षेत्रीय अस्पताल, सुर्खेत
२५. इलाम अस्पताल, इलाम
२६. मेची अञ्चल अस्पताल, झापा
२७. जनकपुर अञ्चल अस्पताल, धनुषा
२८. गुलरिया अस्पताल, बर्दिया
२९. नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज, पर्सा
३०. सगरमाथा अञ्चल अस्पताल,राजविराज
३१. तम्घास अस्पताल, गुल्मी
३२. शहीद शुक्रराज ट्रपिकल अस्पताल, काठमाडौं

आ.व.२०७५/७६ मा सामाजिक सेवा एकाइहरू थप भई सञ्चालन हुने अस्पतालहरू

१ डडेल्धुरा अस्पताल, डडेल्धुरा
३ गौर अस्पताल
३ तुलसीपुर अस्पताल, दाङ


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ