२०८२ असार २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार८ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन अप्रिल १०, ११ र १२ मा हुने

८ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन अप्रिल १०, ११ र १२ मा हुने


काठमाडौं—स्वास्थ्य अनुसन्धान परिषद्ले अप्रिल ११, १२ र १३ (चैत्र २७, २८ र २९)मा ८ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन गर्ने भएको छ । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीकाअनुसार अप्रिल १०, ११ र १२ गते काठमाडौंमा ८ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन हुनेछ ।

परिषद्ले हरेक वर्ष स्थापना दिवसका अवसरमा उक्त सम्मेलन गर्दै आएको छ । यसअघि कोभिड-१९ का कारण भर्चुअल रुपमा स्वास्थ्य तथा जनसंख्या सम्मेलन गरिएपनि यस पटक भने प्रत्यक्ष सहभागितामै हुने उनले बताए ।

उक्त वैज्ञानिक सम्मेलनमा विभिन्न अनुसन्धान तथा जनस्वास्थ्यका विषयमाथि गम्भीर छलफल तथा अन्तक्रिया हुने गरेको छ । यसपटक १० तारिख एक दिन युवाहरुका लागि प्लेटर्म दिने तयारी परिषद्को छ । ११ र १२ तारिखमा थिमहरुमा गहन छलफल र अन्तक्रिया हुनेछ ।

परिषद्ले इच्छुक अनुसन्धानकर्तालाई २६ गतेसम्म अनुसन्धान पेपर पेश गर्न समयसीमा तोकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ