२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व मुटु दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी

विश्व मुटु दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी


वीरगञ्ज-विश्व मुटु दिवसको अवसरमा नेपाल चिकित्सक संघ नारायणीको अगुवाईमा आइतबार वीरगञ्जमा विविध कार्यक्रम मनाइएको छ । कार्यक्रममा मुटु रोग विशेषज्ञ डा. अरुणकुमार कर्णले मुटु रोग जो कोहीलाई लाग्ने भएकाले सबै सजग हुनु आवश्यक रहेको बताए ।

जन्मेको केही दिनदेखि पछिसम्म जोसुकैलाई मुटु रोग लाग्न सक्ने डा. कर्णले  बताए । वरिष्ठ फिजिसियन डा. रोशन कुर्मीले स्वस्थ्य जीवन शैलीले मुटु स्वस्थ राख्ने बताए ।  ‘नियमित ब्यायाम गर्ने,  तनाबरहित जीवनशैली अपनाउने, चिल्लो, गुलियो र नुन को मात्र खानामा कम गर्ने, रक्तचाप र मधुमेह सन्तुलित राख्ने, धुम्रपान नगर्ने र नियमित चिकित्सकको परामर्श गर्दा यो रोगबाट बच्न सकिन्छ,’ उनले भने ।

कार्यक्रम हुनुअघि प्रभातफेरी आयोजना गरिएको थियो । वीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रभातफेरी नगरपरिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कार्यक्रममा तराई अस्पतालका चिकित्सक र कर्मचारीहरुको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ