२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश ५ कै पहिलो ट्रमा सेन्टर संचालनमा

प्रदेश ५ कै पहिलो ट्रमा सेन्टर संचालनमा


बुटवल–बुटवलमा १६ करोडको लगानीमा तिनाउ इन्टरनेश्नल हस्पिटल प्रालि संचालनमा आएको छ । प्रदेश ५ को पहिलो न्यूरो एण्ड ट्रामा सेन्टरको रुपमा तिनाउ इन्टरनेश्नल संचालनमा आएको हो ।

१७ जना विषेशज्ञसहितको अत्याधुनिक भवन र उपकरणमार्फत सेवा दिने गरी अस्पताल संचालनमा ल्याइएको अस्पतालका अध्यक्ष करुन खनालले बताए । ‘नेपालका पश्चिम क्षेत्र मै यस प्रकारको अस्पताल छैनन् । ट्रामा सेन्टरका रुपमा विकास गर्ने गरी अस्पताल संचालनमा ल्याएका छौँ । यस क्षेत्रका विरामीहरुको मागलाई मध्यनजर गरेरै अस्पताल संचालनमा ल्याएका हौँ,’ उनले भने ।

हाल १५ शैय्याको अस्पतालका रुपमा सुरुवात भए पनि तुरुन्तै २५ शैय्यामा स्तरोन्नती हुने अध्यक्ष खनालले बताए । ‘अस्पतालसँगै जनशक्ति उत्पादनलाई पनि हामी जोड दिन्छौं,’ भन्दै उनले भने, ‘अस्पताल मात्र होइन हामी यस्लाई टेक्नीकल कलेजका रुपमा विकास गर्ने योजनामा पनि छौं । जसमा वी फार्मा, विएमएटी, विएनजस्ता विषयहरु अध्ययन अध्यापन हुनेछ ।’

१ सय २२ जनालाई रोजगारी दिएको अस्पतालमा ४ वटा अप्रेसन थिएटर, अत्याधुनिक मेसिनहरु, ल्यावका अत्याधुनिक मेसिनहरु रहेको अस्पतालका एमडी विमल श्रेष्ठले बताए । न्यूरो सर्जरी, हाडजोर्नी तथा ट्रामा सेवा, नशा तथा स्पाइनल सर्जरी सेवा, जनरल फिजिसियन सेवा, स्त्री रोग तथा प्रसुति सेवा, नरल सर्जरी तथा न्युरो सर्जरी सेवा, नाक, कान तथा घाँटी रोग सेवा, म्याक्सियोफेसियल सर्जरी सेवा, बाल रोग विशेषज्ञ सेवा, फिजियोथेरापी सेवालगायतका सेवा प्रदान गरिने श्रेष्ठले बताए ।

अस्पतालले २४ सै घण्टा इमर्जेन्सी सेवा, आइसियु सेवा, प्रसुति सेवा, कम्प्युटराइज्ड प्याथोलोजी र प्रयोगशाला सेवा, सुरक्षित गर्भपतन परामर्श, जनरल वार्ड, भेन्टिलेटर सेवा, २४ सै घण्टा एम्वुलेन्स सेवा समेत प्रदान गरिने अस्पतालका डा. सन्तोष पोखरेलले बताए । त्यस्तै, अन्य सेवाका रुपमा इसिजि, इको, भियो एक्स –रे, डिजिटल एक्सरे, इन्डोस्कोपि, क्लोनस्कोपी, सुरक्षित गर्वपतन, नि:शुल्क खोप रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ