२०८३ असोज २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ २८ वर्षीय डा. विजय मृत भेटिए, हत्या भएको भन्दैं आफन्तद्धारा निष्पक्ष छानविनको माग

२८ वर्षीय डा. विजय मृत भेटिए, हत्या भएको भन्दैं आफन्तद्धारा निष्पक्ष छानविनको माग


विराटनगर-विराटनगरस्थित नोबेल मेडिकल कलेजमा  कार्यरत २८ वर्षीय एक चिकित्सक मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी राजविराज घर भएर विराटनगर-४ मा बस्दैं आएका २८ वर्षीय विजय यादव शनिबार विहान नोबेल मेडिकल कलेजभन्दा १०० मिटर उत्तर डेरामा बस्ने घरको गेटमै मृत अवस्थामा भेटिएका हुन् ।

उनी मेडिकल अधिकृतका रुपमा तीन वर्षदेखि नोबेल मेडिकल कलेजमा कार्यरत थिए । मेडिकल कलेज स्रोतकाअनुसार उनी अर्थोपेडिक विभागमा कार्यरत थिए । डा. यादवले बंगलादेशबाट एमबीबीएस अध्ययन गरेको पारिवारिक स्रोतले जनाएको छ ।

अहिले घटनास्थलमा पुगेर मोरंग प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

मृतकका आफन्तले डा. विजयको हत्या भएको भन्दैं घटनामा संलग्नलाई कारवाहीको माग गर्दै नाराबाजी सुरु गरेका छन् । उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

यदुनन्द यादव र चन्द्रकला यादवका उनी एकमात्र सन्तान हुन् ।




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ