२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकमाथि भएको दूर्व्यवहार निन्दनीय भएको आधा दर्जन बढी चिकित्सक संगठनको धारणा

चिकित्सकमाथि भएको दूर्व्यवहार निन्दनीय भएको आधा दर्जन बढी चिकित्सक संगठनको धारणा


काठमाडौं-ओम अस्पतालमा प्रा.डा. भोलाराज जोशीमाथि बिरामीका आफन्तले लापरवाहीको आरोप लगाएर गरेको धम्की र संघातिक आक्रमणको चिकित्सकहरुका विभिन्न संस्थाले विरोध जनाएका छन् ।

ओम अस्पतालमा पित्तथैलीमा रहेको पत्थरी प्रा.डा. जोशीको नेतृत्वमा शल्यक्रिया गरेर निकाल्ने क्रममा बिरामीको मृत्यु भएको थियो । बिरामीको मृत्युपछि अस्पताल र शल्यक्रियामा संलग्न रहेका चिकित्सक र अस्पतालमाथि लापरवाहीको आरोप लगाउँदै हुलदंगा र दूर्व्यवहार भएको थियो ।

चिकित्सकहरुले सामूहिक प्रेश विज्ञप्ती निकाल्दैं उपचारको क्रममा कुनै दुर्घटना भएमा सो विषयलाई छानविन नगरी कानुनी प्रक्रियामा नगई डाक्टर र स्वास्थ्यकर्मीहरुमाथि हुलहुज्जत हातपात र अस्पताल तोडफोड गर्ने र फिरौती शैलीमा तर्साएर पैसा लिने प्रक्रिया बढेको भन्दै असन्तुष्टी जनाएका छन् ।

उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिना धरौटी कारवाही (जेल वीदआउट वेल ) तत्काल कानुन बनाएर लागु गर्न माग गरेका छन् । विज्ञप्ति निकालेर विरोध जनाउनेहरुमा सरकारी चिकित्सक संघ, राष्ट्रिय चिकित्सक संघ, युवा चिकित्सक संघ नेपाल, नेपाल दन्त चिकित्सक संघ, स्वतन्त्र विद्यार्थी युनियन महाराज क्याम्पस एकाई, रेजिडेन्ट एशोसिएसन अफ न्याम्स, जुनियर रेजिडेन्ट डक्टर्स वेलफेयर सोसाइटी, विपिकेएचएस, डक्टर्स सोसाइटी अफ नेपाल रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ