२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआक्रमणको बिरोधमा चिकित्सकहरुले बुझाए स्वास्थ्य राज्यमन्त्रीलाई एप्रोन

आक्रमणको बिरोधमा चिकित्सकहरुले बुझाए स्वास्थ्य राज्यमन्त्रीलाई एप्रोन


काठमाडौ–देशभरका स्वास्थ्य संस्था र चिकित्सकमाथि विभिन्न समयमा सांघातिक हमला भएको भन्दै त्यसको बिरोधमा चिकित्सकहरुले स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादबसमक्ष सेतो एप्रोन बुझाएका छन् । आक्रमणका कारण स्वास्थ्य क्षेत्र धरायसी भएको भन्दै चिकित्सकहरुले स्वास्थ्य राज्यमन्त्रीसमक्ष सांकेतिक बिरोधस्वरुप एप्रोन बुझाएका हुन् ।

चिकित्सा तथा समग्र स्वास्थ्य क्षेत्रको अवस्थाबारे पटक- पटक जानकारी गराएर सुरक्षाको प्रत्याभूतिको माग गरे पनि कार्यन्वयन नभएको  चिकित्सकद्धारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख छ ।

‘पछिल्लो समयमा नेपालका बरिष्ठ चिकित्सक प्रा. डा. भोलाराज जोशीमाथि लापरबाहको आरोप र भौतिक आक्रमणको धम्की दिदै फिरौती शैलीमा रकम असुल्ने काम भएको घटनाले हामी समस्त चिकित्सा जगतलाई स्तब्ध तुल्याएको छ,’  पत्रमा उल्लेख छ । डा. जोशीमाथिको आक्रमण अराजक भिडतन्त्रको एक प्रतिनिधि घटना भएको दाबी गर्दै पत्रमा अगाडि भनिएको छ, ‘देशभरि स्वास्थ्य संस्थामा ठूलो स्वभाविक\अस्वभाविक भबितब्य घटना र मृत्युपछि हुदै आइरहेको हातपात र तोडफोडका गतिविधिले समस्त स्वास्थ्यकर्मीलाई दुरुत्साहित बनाएको छ । ’

मुलुकी ऐनमा नेपाल मेडिकल काउन्सिल अन्र्तगतको छानबिन समितिले प्रतिवेदन दिएपछि मात्रै चिकित्सकीय त्रुटी भनेर कानूनी प्रक्रिया अगाडि बढाउने व्यबस्था भएको समेत पत्रमा स्मरण गराइएको छ । प्रहरी प्रशासनको रोहबरमा पैसाको लेनदेनमा आक्रमणका घटना भएको पत्रमा आरोप लगाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ