२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली प्रदेश अस्पतालले कर्मचारीलाइ प्रोत्साहन भत्ता दिने

कर्णाली प्रदेश अस्पतालले कर्मचारीलाइ प्रोत्साहन भत्ता दिने


सुर्खेत–कर्णाली प्रदेशको प्रदेश अस्पतालले अस्पतालका कर्मचारीका लागि अस्पतालको मासिक आयश्रोतको १२ प्रतिशत रकम प्रोत्साहनभत्ता दिने निर्णय गरेको छ । अस्पतालका स्थायी कर्मचारी र अस्पताल बिकास समितिका कर्मचारीका लागि प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । अस्पताल विकास समिति र अस्पताल प्रशासनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयले स्थायी कर्मचारी र बिकास समितिका कर्मचारीमा उत्साहा छाएको छ ।

कर्णाली प्रदेश प्रायः डाक्टरको रोजाईमा पर्दैन । यहाँको प्रदेश सरकारले डाक्टरहरुको लागि प्रोत्साहन स्वरुप कार्यक्रम ल्याउने आश्वासन दिए पनि अहिले सम्म कुनै कार्यक्रमा आउन सकेको छैन । अस्पतालमा कार्यरत कर्मचारीका लागि सकरात्मक निर्णय गरेको अस्पतालका प्रमुख डाक्टर डम्वर खड्काले बताए । उनले भने, ‘प्रोस्साहान कार्यक्रमको अभावमा प्राय बाहिरका डाक्टरहरु यहाँ आउन मान्दैनन् आएका डाक्टरहरु पनि यहाँ बस्न मान्दैनन । ’

अस्पतालको आयश्रोतबाट नै अस्पताल बिकास समितिले राखेका कर्मचारीहरुको हकमा पनि मासिक रुपमा पाउदै आएको आम्दानीको ३५ प्रतिशत तलब बृद्धि गर्ने निर्णय गरेको डाक्टर खड्काले जानकारी दिए । ‘पहिलेको भन्दा अस्पतालको आम्दानीको श्रोत अहिले बढेको छ । तसर्थ, अस्पतालको आम्दानीको श्रोत हेरेर हामीले यस्तो निर्णय गरेका हौ,’ उनले भने, ‘पहिला अस्पतालको आम्दानी केहि थिएन, बिकास समितिका कर्मचारीलाई पनि त्यहि किसिमको स्यालरी राखेर हामीले मन बुझाउन भनेका थियौ अब अस्पतालको आम्दानीको श्रोत पनि बढिरहेको छ त्यसैले हामीले उहाँहरुको हकमा यो निर्णय गरेका हौ ।’ ।

पहिलेको तुलनामा अहिले कर्णाली प्रदेश अस्पतालमा बिरामीहरुको चाप बढेको छ । प्रदेश अस्पतालको अहिले मासिक रुपमा आम्दानी करिब ४ करोड बराबरमा हुने गरेको प्रदेश अस्पतालका प्रमुख डाक्टर डम्वर खड्काले जानकारी दिए ।

भरखरै करारमा आएका डाक्टर शुभ श्रष्ठले भने अस्पतालको यो निर्णयले आफुमा निकै खुसी ल्याएको बताए ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ