२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुर्खेत साझा घरका अनाथ बालबालिका र बृद्धको स्वास्थ्य अबस्था बिग्रिदो

सुर्खेत साझा घरका अनाथ बालबालिका र बृद्धको स्वास्थ्य अबस्था बिग्रिदो


सुर्खेत–सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थिति साझा घरका अधिकांश अनाथ बालबालिका र बृद्धको स्वास्थ्य अबस्था बिग्रिएको छ । साझा घरमा रहेका १८ बालबालिकामध्ये अधिकांशको स्वास्थ्य अवस्था विग्रिएको हो । सडकका अनाथ बालबालिका तथा बृद्धलाई साझा घर नामक संस्थाले राख्दै आएको छ ।

संस्थामा  मानसिक सन्तुलन गुमाएका व्यक्ति पनि रहेको साझा घर नेपाल सुर्खेतमा अध्यक्ष भिमबहादुर बिकले जानाकारी दिए ।
मानसिक सन्तुलन गुमाएर ब्यवारिसे अबस्थामा सडममा रहेका बालबालिका र बृद्धालाई सहयोग गर्न यो घर निर्माण गरिएको हो । आश्रय लिएका १८ जनाको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । साझा घरका तीन बालबालिकालाई निमोनिया, एक जनालाई जन्डिस् र दुई जनालाई हाइड्रोसिल भएको छ ।

स्थानीय सरकार र प्रदेश सरकारको तर्फबाट अहिलेसम्म कुनै पनि सहयोग नगरेको दैलेख गुँरास गाँउपालिका रानी खोलाकी अहेब कल्पना कुमारी मल्लले जानकारी दिईन । उनले भनिन्, ‘मैले निःशुल्क रुपमा सेवा दिदै आएकी छु । तर, औषधी निःशुल्क नपाउँदा उपचार गर्न कठिनाई भएको छ । ’

सो संस्थाको काम देखेर आफू प्रभावित भएको स्थानीय अग्रबहादुर शाहीले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ