२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्युरो सर्जन डाक्टर रोका सम्मानित

न्युरो सर्जन डाक्टर रोका सम्मानित


विराटनगर–विराटनगरस्थित न्युरो हस्पिटलमा कार्यरत वरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोकालाई सम्मान गरिएको छ । नेपाल औषधी संचालक संघ, केन्द्रिय तदर्थ समिति विराटनगरले दशै तथा दिपावली पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा न्यूरो सर्जन डा. रोका सम्मानित भएका हुन् ।

नेपाल औषधी संचालक संघका संयोजक देशबन्धु ढकाल, सचिव महेश मण्डल, कोषाध्यक्ष प्रविन प्रधान, सत्यम नेपाली लगायतले डा. रोक्कालाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताहरुले औषधी व्यवसायमा देखिएका विकृति विसंगति हटाउन , व्यवसायीको हक हित र व्यवसायको गरिमा बढाउन फुटेर नभई सबै औषधी व्यवसायीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । उनीहरूले वडा दशैं, दिपावली, छठ र नयाँ नेपाल संम्वतको एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ न्यूरो सर्जन डा. रोकाले औषधी व्यवसायी मात्रै नभएर औषधी व्यवसायी, ल्याव व्यवसायी र चिकित्सकहरु समन्वय, सहकार्य र एकतावद्ध भई स्वास्थ्य पेशाकै गरिमा र मर्यादा कायम राख्न र बढाउन लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै, नेपाल औषधी व्यवसायी संघका पूर्व केन्द्रिय सदस्य लक्ष्मी तिम्सीनाले औषधी व्यवसाय संवेदनशिल पेशा भएकोले यसमा अस्वस्थ प्रतिष्प्रर्धा नगरी स्वस्थ्य व्यवसायिक प्रतिष्पर्धा गर्दै व्यवसायको गरिमा बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कोशी अंञ्चलका महासचिव हरिमोहन श्रेष्ठले सबै औषधी व्यवसायीहरु एकताबद्ध भई यस पेशाको गरिमालाई उचाईमा पु¥याउन लाग्नुपर्ने बताए ।

संघका संयोजक देशबन्धु ढकालले नेपाल औषधी संचालक संघ (एनएमडिए) औषधी व्यवसायीको हकहितका लागि व्यवसायीहरुलाई परेको समस्यामा हातेमालो गरेर हिंड्न र यस पेशामा रहेका विकृति र विसंगतिहरुलाई समाप्त पार्दै मर्यादित बनाउन स्थापना भएकोले कुनैपनि संघ संस्थाको प्रतिष्प्रर्धी नभएको स्पष्ट पारेका थिए ।

उनले व्यवसायमा रहेका विकृति र विसंगतिलाई समाप्त पार्दै मर्यादित र स्वच्छ प्रतिष्पर्धात्मक व्यवसाय गर्ने वातावरण तयार पार्न र यस पेशाको गरिमा उचाईमा पु¥याउन नेपाल औषधी संचालक संघ सदैव लाग्ने प्रतिबद्धता जनाए ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ