२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडिपीटी खोप लगाएपछि कोशीमा नवजात शिशुको मृत्यु

डिपीटी खोप लगाएपछि कोशीमा नवजात शिशुको मृत्यु

विश्व स्वास्थ्य संगठनका प्रतिनिधीसहित पाँच सदस्सीय छानविन समिति गठन


विराटनगर–विराटनगरस्थित कोशी अस्पतलामा डिपीटी खोप लगाएपछि एक नवजात शिशुको मृत्यु भएको छ । मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलका सोयल खानका अढाइ महिनाका नवजात शिशुलाई बुधबार दिउँसो खोप लगाएको एक घण्टापछि मृत्यु भएको हो ।

मृतकका बावु सोयल अनुसार छोरालाई नियमित लगाउने डिपीटी खोप बुधबार दिउँसो कोशी अस्पतालको आकस्मिक कक्षमा ११ः३० बजे लगाइएको थियो । ‘खोप लगाएपछि घर पु¥याउँदा छोराको नाक र मुखदेखि फिज आएको थियो,’ उनले भने, ‘तत्काल हामीले कोशी अस्पतामा ल्यायौ । तर, अस्ततालका चिकित्सकले १ः४५ बजे छोराको मृत्यु भएको दुःखद् खबर सुनाउनुभयो ।’

खोप लगाएकै कारणले छोराको मृत्यु भएपछि खान परिवारको भनाइ छ । ‘खोपको गुणस्तरको विषयमा छानविन गरेर के कारणले छोराको मृत्यु भएको हो । यसको यथार्थ कारण सार्वजनिक गरिनु पर्दछ,’ बावु सोयल खानले भने, ‘खोपको असरले छोराको मृत्यु भएको पुष्टि भए विश्व स्वास्थ्य संगठनलाई कारवाहीको दायरामा ल्याउनुपर्दछ ।’

कोशी अस्पतालका सुपरिटेण्डेण्ट डा. यज्ञराज खरेलले खोप लगाएपछि नवजात शिशुको मृत्यु भएपछि छानविन समिति गठन गरेर अनुसन्धान सुरु गरिने बताए । उनले घटनाको विषयमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरुलाई जानकारी गराएपछि अहिले विश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरु आएका बताए । स्वास्थ्य संगठनकाले खोपको असर बारेमा छानविन गर्ने बताए ।

पाँच सदस्सीय छानविन समिति गठन

खोप लगाएपछि नवजात शिशुको मृत्यु भएपछि पाँच सदस्सीय छानविन समिति गठन भएको छ । विश्व स्वास्थ्य संगठनका प्रतिनिधीसहित क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख, जिल्ला स्वास्थ्य प्रमुख, विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख र कोशी अस्पतालका मेसुसहितको पाँच सदस्सीय अनुसन्धान समिति गठन भएको छ ।

समितिलाई छिटोमा तीन र बढीमा एक साता भित्र अनुसन्धान पुरा गरेर छानविन प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रतिवेदन खोप केन्द्र, स्वास्थ्य विभाग र विश्व स्वास्थ्य संगठनमा पनि पठाइने कोशी अस्पतालका मेसु डा. खरेलले बताए ।

‘के कारणले यस्तो भयो । यस विषयमा छानविन हुनेछ,’ डा. खरेलले भने, ‘खोपको कारण हो या अरु कुनै कारणबाट बच्चाको मृत्यु भयो । त्यस विषयमा छानविन गरी घटना बारेमा जानकारी गराउनेछौं ।’ अनुसन्धानपछि यदि खोपको असरको कारणले बालकको ज्यान गएको पुष्टि भए सरकारले क्षतिपूर्ति दिने उनले बताए ।

एक भाइल खोपमा १० डोज हुन्छ । एक भाइल खोपबाट १० जना शिशुलाई लगाउन मिल्छ । कोशी अस्पतालबाट लगाएको अन्य ९ जना शिशुलाई कुनै असर नगरेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ