२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगोल्डेन अस्पतालमा आगोले पोलेको बिरामीको उपचार सुरू

गोल्डेन अस्पतालमा आगोले पोलेको बिरामीको उपचार सुरू


विराटनगर – विराटनगरस्थितगोल्डेन अस्पतालमा आगोले पोलेको बिरामीको उपचार सुरू गरेको छ ।  सेवा सुरु गरेपछि भोजपुरका दुई जना आगोले पोलेका बिरामीको सफल उपचार गरेको अस्पतालका प्रवन्धक सन्तोष मेहताले जानकारी दिए ।

२२ वैशाखमा भोजपुरका खेम तामाङ र प्रतिभा तामाङको घरमा ग्यास पडकेर आगजनी  हुँदा घाइते भएपछि  उनीहरुलाई गोल्डेन अस्पतालमा ल्याइएको थियो । खेमको ४० प्रतिशत अर्थात छातीदेखि मुनि दुवै खुट्टा र प्रतिमाको खुट्टा आगोले जलेर घाइते भएर थिए। उनको ५ वर्षीया छोरीको आगोले पोलेर मृत्यु भएको छ ।

गोल्डेन अस्पतलाका जनेरल सर्जन डा. सरोज यादवको नेतृत्वको टिमले सफल उपचार गरेपछि अस्पतालले डिस्चार्ज गरेको छ । ‘बिरामीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएपछि अस्पतालले २१ दिन पछि डिस्चार्ज गरिएको हो,’ डा. यादवले भने ।

मेहताका अनुसार उपचार सफल भएपछि आफन्त र परिवारका सदस्य निक्कै खुसी भए ।  ‘छोरा बुहारी आगजनीमा परेर घाइते भएपछि उपचारको लागि धरान लिएका गएका थियौं । ठाउँ नभएको भन्दै त्यहाँ उपचार हुन सकेन । त्यसपछि हामीले सिधै गोल्डेन अस्पतालमा लिएर आएका थियौं,’ बिरामीका बाबु डम्बर बहादुर तामाङ्गले भने, ‘घाइते भएका छोरा बुहारीलाई चिकित्सकले बचाइदिए ।’

बिरामीको सफल उपचार भएपछि गृह जिल्लाका बिरामीको स्वास्थ्य अवस्थ बुझ्न प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई पनि हस्पिटलमा पुगेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ