२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकुन डाक्टरले कसरी मनाउछन् दशैं ?

कुन डाक्टरले कसरी मनाउछन् दशैं ?


दशैं बिदामा माइती जान्छु
–डा. ज्योती अग्रवाल

हाम्रो परम्परा अनुसार, हामीले दुर्गा पुजा मान्ने भएता पनि विजया दशमी नै भनेर टिका भने थाप्ने चलन छैन । तर, दशैमा अन्य दिनको तुलनामा व्यस्तता कम हुने भएकोले दशैंले हाम्रो निम्ति पनि एक किसिमको वहार नै ल्याउने गर्छ । फुर्सदको समय मिल्ने भएकोले प्रायजसोः दशैंमा म आफ्नो परिवारका सदस्यहरुको जमघटमा नै समय बिताउने गर्छु । दशैंको उक्त दिनहरुमा टिका थापेर नमनाएता पनि दैनिक कार्यतालिकाबाट केही समय ब्रेक लिई परिवारसंग देश विदेश घुम्न गइरहेको हुन्छु । कहिँले परिवार त कहिँले एक्लै घुम्ने क्रममा यसपालीको दशैंमा भने म आफ्नो परिवारलाई यतै छोडेर आफ्नो माइती ‘इन्डिया’ जादैछु ।

नवमी र दशमी परिवारको साथमा
डा. स्वयम् प्रकाश पण्डित

मेरो पुख्र्यौली घर पोखरा हो । गत वर्ष उतै गएर दशैं मनाइएता पनि यसपाली भने हामी परिवारले नै दशैं यतै काठमाडौंमै मनाउने सोच राखेका छौं । आमाबुवा नहुनु भएकाले पनि यसपालीको दशै यतै मनाउने सोच गरेका हौं । दशैं नेपालीहरुको महान् चाड भएको कारण यस पर्वमा अधिकांशले अन्य पर्वहरुमा भन्दा बढी बिदा पाउछन् । त्यसैले उनीहरु अधिकांश यस समयमा आफ्नो पुख्यौंली घर जाने वा घरकै पारिवारिक सदस्यहरुसंग आफ्नो समय व्यतीत गर्छन् । मेरो गाउँतिरको साथीहरु पनि प्रायजसो उतै जाने भएकोले यो दशैंमा पोखरा नगएका साथीहरुसंग भेटघाट गरी दशैं मनाउने सोचमा रहेको छु । तर, नवमी र दशमीको दिन भने विशेष रुपमा घरकालाई नै बढी समय दिन्छु ।

हामी घरमा सिंगो खसी काट्दैनौ । सिंगो खसी काटेमा सबै खाइ नसक्ने र बाँकि मासु बासी हुने भएकोले आवश्यक मासु मात्रै बजारबाट खरीद गर्ने गरेको छौं । म आफै पनि चिकित्सक भएकोले दशैंमा खाने खानाको खुब ख्याल राख्छु । चिल्लो, पिरो र मसला कम भएकोले खानालाई विशेष प्राथमिकता दिदै सधै झैं यसपालीको दशैं पनि मनाउने सोचमा छु ।

नेवारी परम्परा अनुसार मनाउँछौ दशैं

–डा. मुक्तिराम श्रेष्ठ
मेरो घर अर्घाखाँची भएता पनि धेरै भयो काठमाडौँमा नै दशैं मनाउन थालेको । दशैं नेपालीहरुको चाडबाड भएकोले जति नै ब्यस्तता भएता पनि दशैंमा चाहि आफू तथा आफ्नो परिवारको लागि समय निकाल्ने गरेको छु । दशैंमा प्रायजसो म आफ्नै परिवार, आफन्त र साथीभाईसंग भेटघाट गरी रमाइलो गरेर मनाउने गर्छु । यसबाहेक म आफू चिकित्सा क्षेत्रमा आबद्ध भएकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी दशैं मनाउने गर्छु । सबै जातजातिले दशैंलाई आफ्नै परम्परा र चालचलन अनुसार मनाएजस्तै सधै झैं म पनि नेवारी परम्परा अनुसार नै दशैं मनाउछौं । र, अस्ती घटस्थापनाको दिन नै जमरा राखेर दशैंलाई स्वागत पनि गरिसकेको छु । अर्घाखाँचीबाट आमा यहाँ आउनु हुने भएकोले सदा झैं यसपाली पनि नवमीको दिनमा घरमा पुजाआजा समापन गरेर दशमीको दिनमा आमाको हातबाट टिका थापेर दशैं मनाउने तरखरमा छु ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ