२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयस्ता छन् उपकुलपतीका तीन दावेदार

यस्ता छन् उपकुलपतीका तीन दावेदार


काठमाडौं -एक महिनादेखि रिक्त त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तीका लागि कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा अेालीलाई बाटो खुलेको छ ।

बिहिवार उपकुलपती सर्च कमिटीका संयोजक समेत रहेका सहकुलपती एवं शिक्षामन्त्री गिरीराजमणी पोखरेलले झण्डै तीन साता लगाएर तीन जना सम्भावित उपकुपतीको नामावली सिफारिस गरेका छन्, जसमा प्राडा धर्मकान्त बास्कोटा, प्राडा भगवान कोइराला र प्रा डा चन्द्रकान्त पौडेल छन् । शिफारिस परकामध्ये डा बासकोटा र डा कोइराला दुवै नेपालकै प्रख्यात चिकित्सक समेत हुन् । प्राडा पौडेल तथात्यांकशास्त्री हुन् ।

एक महिनाअघि चिकित्सक द्धय प्राडा बास्कोटा र प्राडा कोइरालालाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष भएर काम गर्न अनुरोध गरेका थिए । सो पद दुवै जनाले अस्वीकार गरेका थिए । प्राडा बास्कोटाले चिकित्सा शिक्षा आयोग आफ्नो भिजन नभएको भन्दै उपाध्यक्ष पद इन्कार गरेका थिए । डा कोइरालाले आफु देशभर बाल अस्पताल खोल्ने प्रकृयामा रहेको हुदा नभ्याउने भन्दै पन्छिएका थिए । यसपटक उपकुलपतीका लागि सिफारीसमा परेका तीनै जना प्रभावशाली मानिएका छन् ।

कस्ता छन् प्रतिष्पर्धी ?

 

प्राडा धर्मकान्त बास्कोटा
त्रिवी चिकित्सा शिक्षा अध्ययन संस्थान(आइओएम)का प्राध्यापक तथा शिक्षण अस्पतालका नाक कान घाटी रोग विशेषज्ञ प्राडा धर्मकान्त बास्कोटा कम बोल्ने र तर्कपुर्ण तरीकाले कुरा राख्ने भद्र व्यक्तिमा पर्छन् । नेकपा निकट मानिएका प्राडा बास्कोटालाई त्रिवीले २०६९मा आइओएमको डिनमा नियुक्ती गर्दा प्राडा गोविन्द केसीले कनिष्ठलाइ डिन बनाएको भन्दै पहिलो अनसन बसेका थिए । केसी अनसन बसेपछि दुइ दिनमै डिनबाट राजिनामा दिएका थिए । स्वास्थ्यमन्त्री खगराज अधिकारी भएपछि उनीस्वास्थ्य अनुसनधान परिषदको अध्यक्ष नियुुुुक्त भएका थिए । परिषद अध्यक्ष रहेकै बेला तत्कालिन मेडिकल काउन्सीलका अध्यक्ष प्राडा जागेश्वर गौतमले राजिनामा दिएपछि उनि त्यहाको अध्यक्षमा नियुक्ती भएका थिए । दुइ महिनाअघि मात्र उनी आफ्नो कार्यका पुरा गरी बाहिरिएका हुन् । काउन्सिलको चार वर्षे कार्याकालमा उनले काउन्सीलको विग्रीएको छवीलाइ ट्रयाकमा ल्याएका छन् । मेडीकल कलेजहरुको मनोमानी नियन्त्रण, चिकित्सकहरुको आचरण सुधारको प्रकृया, विदेश पढ्न जाने मेडिकल विद्यार्थीलाइ अनिवार्य प्रवेश परीक्षा पास गर्नुपर्ने निर्णय, नक्कली चिकित्सकविरुद्ध मुद्धा लगायतका महत्वपुर्ण कार्य उनकैै कार्यकालमा भएको काउन्सिलका सदस्य डा कालुसिंह खत्री बताउछन् ।

२०६९ सालमा कनिष्ठ भएको भन्दै डिन बन्न नदिएका प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनेर आयोग चलाइदिन डा बास्कोटालाइ अनुरोध गरेका थिए । त्यसवेला डा केसीले डिनवाट हटाउन राखेको अडान अहिले आएर गलत महसुस गरेको बताएका थिए ।

 

प्राडा भगवान कोइराला

प्राडा भगवान कोइराला मुटुका शल्यचिकित्सामा एउटा पाइनियर नाम हो । प्राय सबै नेतादेखी सर्वसाधरणको मुटु छामेका कोइराला तिक्ष्ण र चलाख चिकित्सकको रुपमा चिनिन्छन् । त्रिभूवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक तथा मनोमोहन काडियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका शल्य चिकित्सक कोइराला यसअघि शहिद गंगाला हृदयरोग केन्द्रका निर्देशक रहिसकेका छन् । केन्द्रलाइ सिस्टममा ल्याएर सबैको मन जित्न सक्ने बनाउन उनको योगदान उच्च रहेको छ । मनोमोहनको निर्देशकको कार्यकाल पछि उनी त्रिवी शिक्षण अस्पतालको निर्देशक बन्न पुगे । त्यहा भने उनले चार महिनामा नै जिम्मेवारीबाट पछि हटे । प्राडा गोविन्द केसीको लगातारको अनसन र त्रिवीका तत्कालीन उपकुलपती प्राडा हिराबहादुर महर्जनको रबैयाका कारण विरामी मार्कामा परेको भन्दै आफु पदमा बस्न नसक्ने भन्दै राजिनामा दिएका थिए । उनले आफु केसी र भिसीको चेपुवामा परेको अभिव्यीक्त दिएका थिए । त्रिवी शिक्षण अस्पतालको निर्देशक बाट बाहिरीएपछि बनेको चिकित्सा शिक्षा सुधारको लागि बनेको माथेमा आयोगको सदस्य भएर काम गरेका थिए । सोही आयोगको सिफारीसम बनेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भएर ऐन मस्यौदा उनैले तयार गरेका थिए । आयोगको कानुन निर्माणमा सुरु देखीनै संलग्न रहेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाइ आयोगको कार्यकारी उपाध्यक्ष बन्न पटक पटक आग्रहगरेका थिए । तर आफुले नभ्याउने भन्दै नेतृत्व लिन अस्वीकार गरेका थिए ।
चिकित्सक भएतापनि प्रशासनीक कार्यमा समेत उनको राम्रो दख्खल रहेको पुर्व स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिव रहिसकेका शान्तबहादुर श्रेष्ठ बताउछन् ।

प्राडा चन्द्रकान्त पौडेल

तथ्यांकशास्त्री प्राडा चन्द्रकान्त पौडेल राष्ट्रिय परिक्षाबोर्डका अध्यक्ष हुन् । उनी यसअघि त्रिवित्रै रजिष्टार भइसकेका छन् । २०७४ सालमा चार वर्षे कार्यकालका लागि अध्यक्षमा मनोनित भएका थिए । उनलाइ शेरबहादुर देउवा प्रधानमन्त्री भएको वेला तत्कालीन शिक्षामन्त्री गोपामान श्रेष्ठले मनोनित गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ