२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपरीक्षणविना नै खसी बोका कारोवारः मानवीय स्वास्थयमाथिको खेलवाड

परीक्षणविना नै खसी बोका कारोवारः मानवीय स्वास्थयमाथिको खेलवाड


बुटवल-दशैँ भित्रीएसँगै बजारमा खसी बोकाको कारोवार बढेको छ । बुटवलको हाटवजारमा खसीबोका किनबेच गर्नेको भिड नै लाग्ने गर्दछ । बुटवलको हाटवजार क्षेत्रमा पहाडका करिव ५ वटा जिल्लाबाट ल्याइएका भनिएका बोका खसीहरुको कारोवार हुन्छ । पहाडबाट ल्याइएका भनिएका बोका खसीहरुको स्वास्थ्य अवस्थाका बारेमा भने चेकजाँच गरिदैन् ।

उपभोत्ता समेत आफूले खरिद गरेको पशुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने तर्फ सचेत देखिदैनन् । ‘खै निरोगी त होलान् नी हेर्दा यस्ता राम्रा छन्, खसी बोका राज्दै गरेका बुटवल १३ का उपभोक्ता भत्तिराम मरासिनी भन्छन् –आज सम्म बजारबाट किनेर हो खाने अरु त हामी केही जान्दैनउ, १२ बर्ष भै सक्यो केही भएको छैन् ।’

पशु चेकजाँचको जिम्मेवारी पाएका स्थानीय तहका पदाधिकारीहरु समेत शुभकामना र चियापानमा व्यस्त हुँदा मानवीय स्वास्थ्यमा गंभिर असर पार्न सक्ने खसी बोकाको स्वास्थ्य परिक्षणमा उदाशिन देखिनु गंभिर विषय भएको सरोकारवाला बताउँछन् ।  खसी बोकाको निरोगिता प्रमाणित गर्नु पर्नेमा उपभोत्ता हित संरक्षण मन्चका कार्यवहाक अध्यक्ष तेज कुमार पाठक जोड दिन्छन् । ‘उपभोत्ता सवै प्राविधिक पक्ष जानेका हुँदैनन्, सम्वन्धित निकायले त्यसको जाँच गरी खान योग्य पसु मात्र बजारमा विक्रीका लागि ल्याउन पाउने व्यवस्था गर्नुपर्छ ।’ उनले भने ।

बुटवलमा हुने खसीबोका कारोवारमा पहाडका खसीबोका भन्दै धमाधम विक्री भैरहेका छन् । पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठानलगाएतका जिल्लाहरुबाट खसीबोका विक्रीका लागि बुटवल ल्याउने गरिन्छ । बुटवलको हाटबजारमा एक जनाले दिनमा १३ वटा सम्म कारोवार गर्ने गरेकोे पाल्पाबाट खसीबोका विक्रीका लागि आएका मनोज मगरले हेल्थ आवाजलाई बताए । तर पशुको स्वास्थ्य जाँच भने नगरेको उनको भनाई छ । ‘घर मै हुर्कीएका हुन्छन्, किन डाक्टरलाई देखाउनु । कसैले खसीबोका चेक गरेको छैन् ।’– उनले भने ।

मासु खाँदा ख्याल राख्नु पर्नेमा चिकित्सकहरु जोड दिन्छन् । काचो मासु खानै नहुने उनीहरुको भनाई छ । खाली पेटमा मासु खाँदा समेत समस्या हुन सक्ने चिकित्सकहरुको सुझाव छ । ‘खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने चलन कमै छ । त्यसैले पनि राम्रोसँग पाकेपछि मात्र मासु खानु राम्रो हुन्छ । काँचो मासु खानु राम्रो मानिदैन्,’ डा. नन्दु पाठक भन्छन् –‘ठिक्क खाने रमाईलो गर्ने बानीको विकास गर्नु उचित होला ।’ मदिरासँग मासु खाने पुरानो चलन पनि ठिक नहुने चिकित्सकहरुको भनाई छ


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ