गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास हेल्थ आवाज आईतबार, २०७६ असोज २६ गते, १०:२६ मा प्रकाशित काठमाडौं-मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालको नयाँ भवन नक्सा पास नगरी बनाइएको पाइएको छ । काठमाडौं महानगरपालिकाका अनुसार पटक(पटकको ताकेतापछि पनि वीर अस्पताल प्रशासन र भवन विभागले अटेर गरेर नक्सा पास तथा इआइए गराएका छैनन् । भवनको चारमध्ये तीनवटा ब्लकको बाहिरी संरचना बनिसकेको छ । त्यस्तै, वीरले भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि गरेको छैन । १७ रोपनी क्षेत्रफलमा गत वर्ष देखि भवन निर्माणाधीन अवस्थामा छ । कानुनअनुसार भवन निर्माण गर्नुअघि अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहबाट नक्सापास र इआइए गराउनुपर्छ । दुई अर्ब तीन लाख रुपैयाँको लागतमा ३० महिनामा सक्ने लक्ष्यका साथ ०७५ को असारबाट नौतले भवन निर्माण सुरु गरिएको हो । पाँच सय शैय्याको अस्पतालमा १७ वटा अपरेसन थिएटर रहने छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भवनको नक्सापास गर्न बाँकी रहेको बताए । उनले नक्सा पासको प्रक्रिया अघि बढेको पनि बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ काउन्सिल रजिष्ट्रारमा समाजवादी, माओवादी निकट नर्सको फाइल फर्काएर कांग्रेस… न्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्रीको नेतृत्वमा समिति काठमाडौंमै दादुरा ‘आउटब्रेक’, ४ जनामा दादुरा पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा अस्पताललाई स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयका निर्देशन पाँचौ पटक पत्राचार गर्दा पनि आएन स्वास्थ्यमा काम गर्ने कर्मचारीको… धेरै पढिएका १ स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर २ सर्वोच्च अदालतद्वारा स्वास्थ्यमन्त्री बस्नेतको गैरकानुनी निर्णयमा ‘ब्रेक’ ३ ३५ वर्षीय युवा चिकित्सक डा. बसन्त सुन्धाराको होटलमा मृत भेटिए ४ मुगु अस्पतालमा ३० वर्षीया गर्भवतीको मृत्यु ५ बरहथवा हस्पिटलका संचालकसमेत रहेका सर्जन डा. रणधीर झाको उपचारका क्रममा निधन ६ खलंगामा निःशुल्क आँखा शिविर, २४१ जनाको शल्यक्रिया ७ यसरी गरियो मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख ठगी ट्रेण्डिङ गेटामा राखियो 'शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय' लेखिएको बोर्ड डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड काठमाडौंमै दादुरा ‘आउटब्रेक’, ४ जनामा दादुरा पुष्टि पाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने पाँचौ पटक पत्राचार गर्दा पनि आएन स्वास्थ्यमा काम गर्ने कर्मचारीको विवरण यसरी गरियो मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख ठगी आँखामा किन पर्छ फुलो ? कस्ता हुन्छन् लक्षणहरु ? सय करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा गेटामा राखियो 'शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय' लेखिएको बोर्ड डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड काठमाडौंमै दादुरा ‘आउटब्रेक’, ४ जनामा दादुरा पुष्टि पाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने पाँचौ पटक पत्राचार गर्दा पनि आएन स्वास्थ्यमा काम गर्ने कर्मचारीको विवरण यसरी गरियो मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख ठगी आँखामा किन पर्छ फुलो ? कस्ता हुन्छन् लक्षणहरु ? सय करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा