२०८१ चैत्र १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिविका अस्पतालहरुको विशेषज्ञ सेवाकै कारण विदेश जानुपर्ने वाध्यता हट्यो : स्वास्थ्यमन्त्री खापुङ

त्रिविका अस्पतालहरुको विशेषज्ञ सेवाकै कारण विदेश जानुपर्ने वाध्यता हट्यो : स्वास्थ्यमन्त्री खापुङ


काठमाडौँ – स्वास्थ्यमन्त्री भवानी खापुङले त्रिविका अस्पतालहरुले गर्दा विदेश जानुपर्ने वाध्यता हटेकाे बताएका छन्। आइतबार त्रिवि शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को ५० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले त्रिविका अस्पतालहरुले प्रवाह गरेको उत्कृष्ट विशेषज्ञ सेवा कै कारण उपचारका लागि विदेश जानुपर्ने वाध्यता हटेकाे बताएका हुन्।

स्वास्थ्य  सेवामा धेरै विकास भैसकेको बताउँदै मन्त्री खापुङले भने, ‘कोभिडका केसमा वृद्धि आए पनि हिजोको दिनमा जस्तो संकट पर्ने अवस्था छैन। प्रत्येक जिल्लामा अक्सिजन प्लान्ट जडान भैसकेका छन । धेरै पूर्वाधारहरु तय भैसकेका छन्।’ त्रिविले चिकित्सक, नर्स तथा पारामेडिक्स उत्पादन गरिराखेको भएपनि त्यसको व्यवस्थापन भैनसक्नु दुखद रहेको मन्त्री खापुङको भनाइ छ ।

गाउँ-गाउँमा स्वास्थ्य सेवा पु-याउन गाह्रो हुनुको बाबजुद पनि आधारभुत स्वास्थ्य सेवा सबै जनतामा पु-याउन सरकार कटिवद्ध रहेको उनले बताए । उनले छिटै आधारभूत अस्पताल बनिसक्ने प्रतिबद्दता जनाएका छन् ।

उनले कोभिडका केसहरुमा वृद्धि देखिएको भन्दै कार्यक्रममार्फत सबैलाई सजग हुन, कोभिड खोप लगाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ