२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको तालिका सार्वजनिक

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको तालिका सार्वजनिक


काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिने विशेष परीक्षाको तालिका सार्वजनिक गरेको छ । काउन्सिलले एक सूचना जारी गर्दै शनिबार  संचालन हुने विभिन्न विषयको विशेषज्ञको विशेष परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

काउन्सिलका अनुसार सो परीक्षा   दुई चरणमा संचालन हुने छ  । विहान १०  बजेदेखि १२ बजेसम्म अब्सट्रेटिक एन्ड गाइनोकोलोजी, अर्थोपेडिक्स लगायत ७ विषय र अपरान्ह २ बजेदेखि ४ बजेसम्म कार्डियो भ्यास्कुलर मेडिसिन/कार्डियोलोजी, न्यूरोलोजी मेडिसिन, ओराल प्याथोलोजी सहितका ३८ वटा विषयको परीक्षा हुनेछ ।

सो परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ क्याम्पस र सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने जनाएको छ ।

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ