२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी

जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी


विराटनगर -विराटनगरस्थित एक अस्पतालमा कार्यरत स्टाफ नर्सले मोरङको बेलबारी नगरपालिकामा निर्वाचित एक जनप्रतिनिधीले जबरजस्ती करणी गरेको भन्दैं उजुरी दिएकी छिन् ।

शनिबार ती नर्सले १८ साउनमा कार्यपालिकाका सदस्य विजय तुलाङ्गीले मोरङको जेफालेमा लगेर बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरीमा दिएकी हुन् ।

सो उजुरी प्रहरीले दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।  प्रहरीमा उजुरी आएपछि अहिले अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

‘उजुरी आएको छ,’ एसपी कोइरालाले भने, ‘घटनाको विषयमा हामीले अनुसन्धान सुरु गरेका छौँ ।’

प्रहरीले ती किशोरीको मेडिकल जाँच धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराइसकेको छ । उजुरी परेपछि आइतबार अदालतबाट प्रहरीले पक्राउ पुर्जीको लागि अनुमति लिने तयारी गरेको छ । ‘आइतबार अदालतले पक्राउ पूर्जी दिने तयारी गरेको छ,’ अदालत स्रोतले भन्यो ।

इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दर्ता भएपछि कार्यपालिका सदस्य तुलाङ्गी फोन अफ गरी फरार भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ