२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दक्ष प्रसूतीकर्मीको तालिम दिँदै कोशी अस्पताल, १४ वर्षमा ७९२ जना दक्ष स्वास्थ्यकर्मी उत्पादन

दक्ष प्रसूतीकर्मीको तालिम दिँदै कोशी अस्पताल, १४ वर्षमा ७९२ जना दक्ष स्वास्थ्यकर्मी उत्पादन


विराटनगर – सर्लाहीको बागमती नगरपालिकाको स्वास्थ्यचौकीमा कार्यरत नर्स सुनिता कार्कीले विराटनगरस्थित कोशी अस्पतालमा दक्ष प्रसूतीकर्मीको तालिम लिन सुरू गरेको दुई साता हुन लागेको छ ।

अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ र दक्ष प्रशिक्षकहरूबाट ६० दिनको तालिम दिएपछि आफु जन्मेको ठाउँमा पुगेर सुरक्षित मातृत्व, सुरक्षित मातृत्व सम्वन्धि समस्याको पहिचान गरी आमा र नवजात शिशुको सफल उपचारमा सहयोग पु¥याउने उनको लक्ष्य छ ।

‘दक्ष प्रसुतीकर्मी हुनको लागि तालिम लिन आएको छु,’ उनले भनिन्, ‘यहाँ तालिममा सिकेको ज्ञान आफ्नो क्षेत्रको बर्थिङ सेन्टरमा पुगेरका त्यहाँका गर्भवतीको प्रसूती गराउन लागि पर्नेछौं ।’

तालिम लिने क्रममा आफुले प्रसूती गराउन धेरै कुराहरू सिकेको उनले बताइन् । ‘कतिपय स्वास्थ्य सस्थामा प्रसूती गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा डाक्टर कन्ट्रयाकमा लिएर पनि डेलिभरी गराउदै आएका थिए । तालिम लिएर गएपछि बर्थिङ सेन्टरमा हुनसक्ने प्रसूती त्यही गराउने प्रयत्न गर्ने उनले सुनाइन् ।

‘नर्मल प्रसूती गराउन नसक्ने अवस्था भएको खण्डमा बिरामीको अवस्था पहिचान गरि सुविधासम्पन्न अस्पतालमा रेफर गर्नेछौं,’ उनले भनिन, ‘तालिममा धेरै कुरा सिक्ने अवसर जुटेको छ ।’ दुई महिनाको दक्ष प्रसूतीकर्मी (एसबीए) तालिम लिँदै आएकी उदयपुरको गढी स्वास्थ्य चौकीको नर्स कृष्ण कुमारी राईले पनि तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्ने बताइन् ।

‘तालिमबाट धेरै ज्ञान हासिल गरेका छौं,’ उनले भनिन्, ‘बर्थिङ सेन्टरमा कसरी नर्मल डेलिभरी गराउने, यदी नर्मल नहुँदा बिरामीको पहिचान गरेर कहाँ पढाउने त्यसको विषयमा हामीले जानकारी लिएका छौं ।’

देशभर चाहिने दक्ष स्वास्थ्यकर्मी अभावका कारण मातृ तथा शिशु मृत्युदर अपेक्षा अनुसार घट्न सकेको छैन । यहाँ तालिम लिएका नर्सहरूले दक्ष प्रसूतीकर्मी भएर गएपछि केही हदसम्म मातृ तथा शिशु मृत्युदरमा न्यूनिकरण गराउने उनीहहरूको भनाई छ ।

कोशी अस्पतालमा एक वर्षमा पाँचवटा तालिम हुने गरेको छ । एउटा तालिममा १२ जना बर्थिङ सेन्टरमा काम गर्ने नर्सलाई दक्ष प्रसुतीकर्मी तालिममा सहभागि गराउने छ । यहाँ देशभरीका दुर्गम ठाउँका नर्सहरूको सहभागि हुने गरेको छ । कोशी अस्पतालको हलमा सुरू भएको दक्ष प्रसुतीकर्मीको तालिम ६६ औं व्याजको हो ।

१२ साउनदेखि सुरू भएको तालिममा देशभरीका ११ जना स्टाफ नर्सहरूको सहभागि रहेको प्रशिक्षक लजिता योन्जनले जानकारी दिइन् । कोशीमा २०६४ सालबाट दक्ष प्रसुतीकर्मीको तालिम सुरू भएको जानकारी गराइन् । दक्ष प्रसुतीकर्मीको लागि प्रदेश १ मा कोशीमा मात्र तालिम हुने गरेको छ । दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने भएकोले यहाँ नर्सहरूको पहिलो रोजाइ पर्ने गरेको चिकित्सकहरू बताउँछन् ।

१४ वर्षमा कोशी अस्पतालबाट दक्ष प्रसूतीकर्मीको (एसबीए) तालिम लिएर ७ सय ९२ जना दक्ष स्वास्थ्यकर्मी उत्पादन भएर फिल्डमा खटिएको कोशीको अभिलेखमा देखिन्छ । एक वर्षमा ६० भन्दा बढी दक्ष भएर प्रसूती गराउन सक्ने स्वास्थ्यकर्मी उत्पादन हुने गरेको छ ।

एसबीए तालिमको प्रशिक्षकहरूमा कोशी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. अन्जु देव, डा. मधुमीता राभा, मन्जु यादव, रम्भा सुब्बा, लजिता योन्जन, स्वेता उपाध्यय र अन्जु खानल रहेका छन् । मन्जु तालिमको संयोजक हुन् भने भने रम्भा सह–संयोजक हुन् ।

स्वास्थ्यकर्मीको लागि दक्ष प्रसुतीकर्मी (एसबीए) तालिम महत्वपूर्ण

स्वास्थ्यकर्मीहरूको लागि दक्ष प्रसूतीकर्मी (एसबीए) तालिम एकदमै महत्वपूर्ण रहेको प्रशिक्षक लजिता योन्जनले बताएकी छिन् । ६० दिनको लामो हुने एसबीए तालिम प्रसुती गराउने स्वास्थ्यकर्मीहरूको लागि नभइ नहुने महत्वपूर्ण तालिम रहेको उनले बताइन् ।

‘कसरी प्रसुती गराउने र आमा र बच्चाको कसरी स्यार गर्ने यो ६० दिनको तालिममा हामीले जानकारी दिनछौं । दुर्घराजमा रहेका स्टाफ नर्सहरूलाई तालिम दिने गरेका छौं । तालिम लिएपछि उहाँहरू फिल्ड बर्थिङ सेन्टरमा जानुहुन्छ । यो एसबीए तालिम लिएपछि मात्र स्वास्थ्यकर्मीहरू प्रसुती गराउन पाउनुहुन्छ,’ प्रशिक्षक योन्जनले भनिन्, ‘सरकारले पनि एक वडामा एक बर्थिङ सेन्टरको अवधारणा ल्याएको छ । त्यसैले पनि हरेक बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मी हुन जरूरी रहेको छ । तर, नेपाल सरकारअन्तर्गत दक्ष प्रसूती गराउने दक्ष स्वास्थ्यकर्मीहरू एकदमै कम्ती रहेको छ ।’ दक्ष प्रसूती उत्पादन गरेर आफ्नो ठाउँमा स्वास्थ्यकर्मी गएर मातृ तथा शिशु मृत्युदर अपेक्षा अनुसार घटउँदै लैजान उनीहरुले भूमिका खेल्ने विश्वास रहेको उनले बताए  ।

सरकारले प्रति वर्ष ७ लाख ५८ हजार ६ सय ५२ जना महिला गर्भवती हुने अनुमान गरेको छ । यसमध्ये करिब १० प्रतिशतको संख्यामा गर्भपतन गराउने वा गर्भ तुहेर जाने जस्ता समस्या हुने गरेको छ ।

गर्भवती भएका मध्ये आधाले मात्र स्वास्थ्य संस्थामा गइ तालिम प्राप्त स्वास्थ्यकर्मीसँग सुत्केरी गराउने गरेका छन् । बाँकी केही खेर गएको र धेरै स्वास्थ्य संस्था बाहिर सुत्केरी भएको सरकारको अनुमान छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ