२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२७१ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु

२७१ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप २ सय ७१ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमित हुनेको संख्या ११ लाख ४५ हजार ९ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोभिड_१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८२ हजार १ सय ५१ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाका कोभिड संक्रमणबाट १ जनाको मृत्यु भएको छ । गत एक हप्ता मात्रै ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा १२ हजार १ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ