गृहपृष्ठ ∕ समाचार ∕ अर्धमत्स्येन्द्रासन : जसले शरीरलाई गर्छ यस्ता फाइदा अर्धमत्स्येन्द्रासन : जसले शरीरलाई गर्छ यस्ता फाइदा हेल्थ आवाज बिहीबार, २०७९ भदौ १६ गते, ०६:३० मा प्रकाशित योगी मत्सेन्द्रनाथको नामबाट यस आसनको नाम रहन गएको हो । ‘अर्धमत्स्येन्द्र’को अर्थ हो शरीरलाई आधा मोड़न अथवा घुमाउने। अर्धमत्स्येन्द्र आसन तपाइको मेरुदण्डका लागि अत्यन्त लाभकारक छ । यो आसन सही मात्रामा फोक्सोसम्म अक्सिजन पुर्याउने मद्दत गर्छ। विधि दुवै खुट्टा सिधा राखी बस्नुहोस् । अब दायाँ खुट्टालाई खुम्च्याउनुहोस् र यसै अवस्थामा बायाँ खुट्टाको माथि पर्ने गरी दायाँ खुट्टा खुम्च्याउनुस् र पैतालाले टेकी घुँडालाई माथि उठाउनुहोस् । अब बायाँ हातलाई दायाँ खुट्टाको छेउमै टाँसेर तन्काउँदै सिधा राख्नुहोस् र उक्त बायाँ हातले दाहिने खुट्टाको बुढीऔँलामा समात्नुहोस् । यसरी खुट्टाको औँलालाई समाती बसेको अवस्थामा दायाँतिर आफ्नो टाउको मोड्नुहोस् र सक्दो पछाडि हेर्नुहोस् तथा दायाँ हातलाई पछाडि लग हत्केलाको भाग बाहिर पर्ने गरी राख्दै बायाँ कोखातिर लैजाने प्रयास गर्नुहोस् । यस स्थितिमा शरीर हलचल नगरी, श्वासप्रश्वास सामान्य गर्दै केहीबेर बसिरहनुपर्छ । यसरी नै खुट्टालाई तलमाथि परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् । सावधानी गर्भावस्थाको सुरुका दुई-तीन महिनासम्म यो अभ्यास गर्नुहुन्छ तर त्यसपछि भने गर्नुहुँदैन । फाइदा अर्धमत्स्येन्द्रासनको अभ्यासबाट ढाडको मांसपेशी र मेरुदण्डलाई बलियो र लचिलो बनाउँछ । कलेजो, पेनक्रियाज र मिर्गौलालाई सक्रिय बनाउँछ । यो मधुमेहका लागि उत्कृष्ट आसन हो । ग्यास्ट्रिक अपच, भोक नलाग्ने, कब्जियत तथा कम्मर दुख्ने समस्यामा यो आसनको अभ्यासले फाइदा गर्छ । -राष्ट्रिय योगा विकासक्रमबाट क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी… तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्यकर्मीको बाध्यकारी पलायन : जहाँ सम्मान छैन, त्यहाँ के बस्नु ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्यकर्मीको बाध्यकारी पलायन : जहाँ सम्मान छैन, त्यहाँ के बस्नु ?