गृहपृष्ठ ∕ समाचार ∕ अर्धमत्स्येन्द्रासन : जसले शरीरलाई गर्छ यस्ता फाइदा अर्धमत्स्येन्द्रासन : जसले शरीरलाई गर्छ यस्ता फाइदा हेल्थ आवाज बिहीबार, २०७९ भदौ १६ गते, ०६:३० मा प्रकाशित योगी मत्सेन्द्रनाथको नामबाट यस आसनको नाम रहन गएको हो । ‘अर्धमत्स्येन्द्र’को अर्थ हो शरीरलाई आधा मोड़न अथवा घुमाउने। अर्धमत्स्येन्द्र आसन तपाइको मेरुदण्डका लागि अत्यन्त लाभकारक छ । यो आसन सही मात्रामा फोक्सोसम्म अक्सिजन पुर्याउने मद्दत गर्छ। विधि दुवै खुट्टा सिधा राखी बस्नुहोस् । अब दायाँ खुट्टालाई खुम्च्याउनुहोस् र यसै अवस्थामा बायाँ खुट्टाको माथि पर्ने गरी दायाँ खुट्टा खुम्च्याउनुस् र पैतालाले टेकी घुँडालाई माथि उठाउनुहोस् । अब बायाँ हातलाई दायाँ खुट्टाको छेउमै टाँसेर तन्काउँदै सिधा राख्नुहोस् र उक्त बायाँ हातले दाहिने खुट्टाको बुढीऔँलामा समात्नुहोस् । यसरी खुट्टाको औँलालाई समाती बसेको अवस्थामा दायाँतिर आफ्नो टाउको मोड्नुहोस् र सक्दो पछाडि हेर्नुहोस् तथा दायाँ हातलाई पछाडि लग हत्केलाको भाग बाहिर पर्ने गरी राख्दै बायाँ कोखातिर लैजाने प्रयास गर्नुहोस् । यस स्थितिमा शरीर हलचल नगरी, श्वासप्रश्वास सामान्य गर्दै केहीबेर बसिरहनुपर्छ । यसरी नै खुट्टालाई तलमाथि परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् । सावधानी गर्भावस्थाको सुरुका दुई-तीन महिनासम्म यो अभ्यास गर्नुहुन्छ तर त्यसपछि भने गर्नुहुँदैन । फाइदा अर्धमत्स्येन्द्रासनको अभ्यासबाट ढाडको मांसपेशी र मेरुदण्डलाई बलियो र लचिलो बनाउँछ । कलेजो, पेनक्रियाज र मिर्गौलालाई सक्रिय बनाउँछ । यो मधुमेहका लागि उत्कृष्ट आसन हो । ग्यास्ट्रिक अपच, भोक नलाग्ने, कब्जियत तथा कम्मर दुख्ने समस्यामा यो आसनको अभ्यासले फाइदा गर्छ । -राष्ट्रिय योगा विकासक्रमबाट क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छः स्वास्थ्यमन्त्री बस्नेत नेपालमा एक वर्षमा ४४८ जना एचआईभी एड्सका नयाँ सङ्क्रमित आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय… कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर… टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात… धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ३ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ४ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा