२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआइओएमका डिन डा. अग्रवालमाथि दुर्व्यहार गर्ने व्यक्तिद्वारा आत्मसमर्पण गर्ने घोषणा

आइओएमका डिन डा. अग्रवालमाथि दुर्व्यहार गर्ने व्यक्तिद्वारा आत्मसमर्पण गर्ने घोषणा


काठमाडौं—एक महिनाअघि त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम)का डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई दुर्व्यहार गरेको जिम्मा विजय थापाले लिएका छन् । उनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त घटनाको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए ।

रिपोर्टस क्लबमा बोल्दै उनले आफूहरुले पटक—पटक दिएको ज्ञापनपत्र डिन डा. अग्रवालले च्यातेर फालेपछि आफूहरु कालोमोसो दल्न बाध्य भएको बताए । विद्यार्थीको हकहित र स्वास्थ्य क्षेत्र सुधारका निम्ति आफू आमरण अनशन बसेर इलामदेखि काठमाडौंसम्मको यात्रा तय गरेको उल्लेख गर्दै थापाले तर आफ्ना मागहरु सरकार र सम्बन्धित निकायले नसुनेपछि बाध्य भएर कालोमोस दलेको उनले दाबी गरे ।

शैक्षिक अभियन्ता बताउने थापाले आफू आजै नेपाल प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताए । ‘मैले कालोमोसो दलेको हुँ, कानुनको सम्मान गर्दै म चक्रपथमा गएर प्रहरी समक्ष केही बेरमा आत्मसमर्पण गर्छु,’ उनले भने ।

उनले नेपालमा मेडिकल कलेज खोल्न नदिने र पैसा असुल्नेलाई पटक—पटक कालोमोसो दल्ने र जेल जाने बताए । थापा तिनै हुन् जो प्रा.डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बस्दा उनका विरुद्ध इलाममा अनशन बसेका थिए ।

गत भदौं २९ डिन अग्रवालमाथि पत्रकार बनेर समय माग गरेपछि कार्यकक्षभित्र पसेर मसी छ्यापेर दुर्व्यहार भएको थियो । उक्त घटनामा आफ्नो संलग्नता रहेको थापाले दाबी गरेका छन् ।

भिडियो सुन्नुहोस


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ