२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशः डेंगु संक्रमणबाट एक जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशः डेंगु संक्रमणबाट एक जनाको मृत्यु


धनगढी । सुदूरपश्चिम प्रदेशमा डेंगुको संक्रमणबाट एक जनाको मृत्युभएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

डेंगु संक्रमित बिरामिको उपचार संलग्न चिकित्सक डा. हितेश जोशीका अनुसार डेंगुको संक्रमण भएको उक्त बिरामिलाई आईसियुमा राखि उपचारकै क्रममा मंगलबार बिहान भएको बताए । डेंगु संक्रमित शाहीमा कार्डियाकपल्मोनरी एरेस्ट भएको थियो।

कैलालीमा १५०–२ सय जनालाई डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए। उनले भने,कैलालीका धनगढी उपमहानगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका,जानकी गाउपालिका डेंगुको संक्रमण देखिरहेको र परीक्षण किट अभाव रहेको बताए ।

डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

त्यस्तै, कंचनपुरमा पनि डेंगुको संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय कंञ्चनपुरका प्रमुख शिवराज सुनारका अनुसार दोधराचाँदनी नगरपालिकामा ४ जनालाई संक्रमण देखिएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ