२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ मेडिकल अधिकृत ५३ नर्ससहित १४९ कर्मचारी माग

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ मेडिकल अधिकृत ५३ नर्ससहित १४९ कर्मचारी माग


काठमाडौं—हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले १४९ कर्मचारी माग गरेको छ । आइतबार प्रतिष्ठानले १५ जना मेडिकल अधिकृत, ५३ जना नर्ससहित १ सय ४९ जना कर्मचारी माग गरेको हो ।

प्रतिष्ठानले करार सेवामा उक्त जनशक्ति लिन लागेको हो । जसमा ९ औं तहको अस्पताल व्यवस्थापक १ जना, आठौं तहका हाउस अफिसर १५ जना, ८ औं तह आयुर्वेद चिकित्सक १ जना, ७ औं तह नर्सिङ अधिकृत ८ जना रहेका छन् ।

यस्तै, पाँचौ तह स्टाफ नर्स ४५ जना, हेल्थ असिस्टेन्ट ११ जनासहित अन्य विभिन्न पदहरुमा विज्ञापन खुलाइएको छ ।

उक्त पदहरुका लागि २३ भदौसम्म आवेदन दिन सकिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ