२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २२१ नयाँ संक्रमित कोभिड-१९ थपिए, २०६ जना संक्रमणमुक्त

नेपालमा थप २२१ नयाँ संक्रमित कोभिड-१९ थपिए, २०६ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप २ सय २१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ सय २१ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ६ जना संक्रमणमुक्त भएका हुन् । यससँगै अहिलेसम्म नेपालमा ९ लाख ८३ हजार ५ सय ३९ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाएका छैनन् । हालसम्म नेपालमा कोभिड-१९ बाट १२ हजार ७ जनाको मृत्यु भएको छ ।

सोमबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ४४ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ