२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ३०० जनामा कोभिड-१९ संक्रमण, १२४ जना संक्रमणमुक्त

नेपालमा थप ३०० जनामा कोभिड-१९ संक्रमण, १२४ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ३ सय जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ सय जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १ सय २४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा ९ लाख ८३ हजार ७ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार नेपालमा मंगलबारसम्म २ हजार ४ सय ५७ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । अहिलेसम्म कोभिड-१९ संक्रमणबाट १२ हजार ७ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ