२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका ८ उच्च अधिकारीको सरुवा, कसलाई कहाँ लगियो ?

स्वास्थ्यका ८ उच्च अधिकारीको सरुवा, कसलाई कहाँ लगियो ?


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका ८ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्री खापुङको सचिवालयका सदस्य टोप थापाकाअनुसार कीटजन्य रोग अनुसन्धान केन्द्रका निर्देशक डा. विश्वबन्धु बगालेलाई भरतपुर अस्पतालको मेसुको जिम्मेवारी दिइएको छ । उनको ठाउँमा यसअघि मन्त्रालय तानिएका केशव पण्डितलाई पुनः पठाइएको छ ।

सार्क क्षयरोग केन्द्रका निर्देशक डा. अनुप बाँस्तोलालाई उपचारात्मक महाशाखामा ल्याइएको छ । उनको ठाउँमा मन्त्रालयबाट यसोदा अर्याललाई पठाइएको छ ।

उपचारात्मक महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीलाई प्रसुति गृहको निर्देशक बनाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिल शर्मालाई बागमती प्रदेश स्वास्थ्य निर्देशनालय पठाइएको छ । उनको ठाउँमा विजयकुमार झालाई ल्याइएको छ । उनी यसअघि मधेश स्वास्थ्य निर्देशनालयका प्रमुख थिए ।

बागमती प्रदेश निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठलाई काज फिर्ता गरेर लुम्बिनी प्रदेश नै पठाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ