२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगु लगाउने लामखुट्टेको अण्डा र लार्भा खोज्न काठमाडौंमा ५० जना परिचालन

डेंगु लगाउने लामखुट्टेको अण्डा र लार्भा खोज्न काठमाडौंमा ५० जना परिचालन


काठमाडौं–जनस्वास्थ्य कार्यालय काठमाडौले डेंगु लगाउने लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्न ५० जना स्वयंसेवक खटाएको जनाएको छ । बुधबार जनस्वास्थ्य कार्यालयले पत्रकार अन्तक्रिया गर्दै अण्डा र लार्भा नष्ट नगरेसम्म डेंगु नियन्त्रण गर्न सम्भव नभएको जानकारी दिएको हो ।

जनस्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारीले लामखुट्टे मारेर डेंगु नियन्त्रण नहुने भएकोले अण्डा र लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको बताए । ‘लामखुट्टे मारेर डेंगु नियन्त्रण हुन सक्दैन्। त्यसको अण्डा र लार्भालाई मार्नुपर्छ,’ उनले भने, ‘स्वास्थ्य कार्यालयले विभिन्न संघ सस्थाहरुको सहकार्यमा थप ५० जना तालिमप्रप्त स्वयंसेवक तयार पारेर डेंगु प्रभावित क्षेत्रमा ‘खोज र नष्ट गर्ने’ कार्यक्रममा खटाइएको छ ।’

कार्यक्रममा सबै स्थानीय तहहरुलाई खोज र नष्ट गर्ने कार्यक्रम संचालनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको तालिम, जनचेतनामूलक कार्यक्रम, वडास्तरमा अन्तरक्रिया गरिएको जानकारी दिइएको थियो । साथै, स्थानीय तहमा खोज र नष्ट गर्ने कार्यक्रमहरु संचालनमा आएको जानकारी दिए ।

डेंगु नियन्त्रण गर्न धेरै स्थानीय तहले विषादी छर्ने र फगिङ् गर्ने गरेको तर त्यसले समाधान ननिकाल्ने उनको भनाइ छ । ‘फगिङ्ग गर्दा बाहिर भएका लामखुट्टे घरभित्र गएर मानिसलाई टोक्ने र झन धेरैमा डेंगु लाग्ने गरेको देखियो । विषादीले लामखुट्टे मार्नेभन्दा पनि अन्य स्वास्थ्य समस्या धेरै ल्याएको देखिन्छ,’ उनले भने, ‘दिगो उपाय भनेको विषादी प्रयोग नगरी पानी जम्न नदिने र अण्डा र लार्भा भेटिए नष्ट गर्ने नै हो ।’

स्थानीय तहले नेतृत्व लिएर हप्ताको एक दिन आफनो घर तथा वरिपरी पानी जमेको स्थानहरुमा रहने लामखुट्टे लार्भा तथा अण्डा नष्ट गर्न अभियान चलाउनु जनस्वास्थ्यले सबैमा अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ