२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगु नियन्त्रणका लागि उच्चस्तरीय बैठकका चार निर्णय

डेंगु नियन्त्रणका लागि उच्चस्तरीय बैठकका चार निर्णय


काठमाडौं—डेंगु रोगको प्रकोप बढेसँगै मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तथा उच्च पदाधिकारीहरुको उपस्थिती रहेको बैठकले चार वटा निर्णय गरेको छ ।

डेंगु नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय तीन वटै तहका सरकारसँग रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वय र सहजीकरण गर्ने, लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीब्र बनाउन सचेतनामूलक तथा सूचनामूलक सामाग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचार—प्रसार गर्ने, रोकथाम तथा नियन्त्रणका लागि मोबाइल रिङटोन बनाएर प्रचार उल्लेख छ ।

यसैगरी, डेंगु रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ