२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२३० जना नयाँ कोभिड–१९ संक्रमित थपिए, २ जनाको मृत्यु

२३० जना नयाँ कोभिड–१९ संक्रमित थपिए, २ जनाको मृत्यु


काठमाडौं–नेपालमा थप २ सय ३० जनामा कोभिड –१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३० जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ७८ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८३ हजार ७ सय ८१ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यसैसँगै नेपालमा अहिलेसम्म कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार ९ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ