२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय स्वास्थ्यकर्मी महासंघद्वारा समानुपातिकका लागि तीन जनाको नाम सिफारिस

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघद्वारा समानुपातिकका लागि तीन जनाको नाम सिफारिस


काठमाडौं-नेपाल एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले समानुपातिक तर्फका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

बुधबार बसेको महासंघको सचिवालय बैठकले समानुपातिक सांसदका लागि तीन जनाको नाम सिफारिस गरेको महासंघका उपमहासचिव हिमालय तिवारीले जानकारी दिए ।

उनकाअनुसार महासंघका अध्यक्ष डा. झलक शर्मा गौतम (पर्वत), प्रा. तारा पोखरेल (काठमाडौं) र प्रा.डा. गणेश गुरुङ (ओखलढुंगा)लाई समानुपातिकका लागि सिफारिस गरेको हो ।

एमालेले आफ्ना भातृ संगठनहरुलाई समानुपातिका लागि तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ