२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराज्यमन्त्रीले डा. पुकारचन्द्रलाई बोलाएरै निर्देशन दिएका थिए, ‘सहकर्मीलाई मिलाएर लानुस्’

राज्यमन्त्रीले डा. पुकारचन्द्रलाई बोलाएरै निर्देशन दिएका थिए, ‘सहकर्मीलाई मिलाएर लानुस्’


काठमाडौं—सहकर्मीमाथि दुर्व्यवहारको गरेको आरोपमा उजुरी परेका शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले बोलाएर सहकर्मीहरुलाई मिलाएर लैजान निर्देशक दिएको पाइएको छ ।

कार्यकारी निर्देशक डा. श्रेष्ठले शल्यक्रिया कक्षमै दुर्व्यवहार गरेको भन्दैं केन्द्रमा कार्यरत महिला चिकित्सक राज्यमन्त्री कहाँ पुगेकी थिइन् । ‘२०—२२ दिनअघिजसो उहाँ ममाथि अन्याय र दुर्व्यवहार भयो भनेर आउनुभएको थियो,’ राज्यमन्त्री केसीले भने, ‘त्यस लगतै मैले डा. पुकारलाई बोलाएर सहकर्मीलाई मिलाएर लैजाने र कसैमाथि अन्याय र दुर्व्यवहार नगर्न निर्देशन दिएको थिए ।’

त्यसपछि आफू कहाँ दुवै जनाको गुनासो नआएको उनको भनाइ छ । ‘डा. पुकारलाई मैले सहकर्मीसँग नराम्रो व्यवहार नगर्नुहोस्, केही समस्या छन् भने मिलाउनुस्,’ डा. पुकारलाई निर्देशन दिएको कुरा उल्लेख गर्दै राज्यमन्त्रीले हेल्थआवाजसँग भने, ‘यदि ठूलै समस्या हो भने दुवै जनालाई राखेर छलफल गर्न म समन्वय गर्छु भनेको थिए । उहाँले म आफै मिलाउँछु भन्दैं निस्कनुभयो ।’

पीडित चिकित्सकले राज्यमन्त्री केसीलाई गुनासो गरेसँगै आफूलाई झन टर्चर दिने, आफू निकटका सहकर्मी कर्मचारीमार्फत हेप्ने, ड्युटी नदिने गरेपछि चार निकायमा उजुरी दिएकी छन् । साथै, उनले दुर्व्यवहारबारे उजुरीपछि डा. श्रेष्ठले आफूविरुद्ध शल्यक्रिया कक्षका कर्मचारीलाई हस्ताक्षर गराएको समेत बताएकी छन् ।

डा. पुकारले बुझाए पाँच बुँदे विवरण

आफू विरुद्ध दुर्व्यवहारको उजुरी परेपछि डा. पुकारले उजुरी गर्ने महिला चिकित्सक सहकर्मीमाथि कुनै पनि दुर्व्यवहार, गालीगलौज चरिहत्या गर्ने कार्य नभएको दावी गरेका छन् । उनले पाँच बुँदे प्रष्टीकरण जिल्ला प्रशासन कार्यलय भक्तपुरमा बुझाउँदैं २४ साउनमा बिरामीको शल्यक्रिया क्रममा जटिलता आएपछि विवाद सुरु भएको उल्लेख गरेका छन् । आफूमाथि उजुरी गर्ने सहकर्मीले गरिरहेको शल्यक्रियामा जटिलता आएपछि आफूले सहयोग गर्दा आफूलाई सहयोग नगरेको र असम्बन्धित व्यक्ति बोलाएर शल्यक्रिय गरिरहेको भिडियो खिचेको दावी डा. पुकारको छ ।

कहिले के भयो ?

४/२४ गते शल्यक्रिया कक्षमा विवाद
४/३० मा कार्यकक्षमा अशोभनीय गालीगलौजको आरोप
पीडित चिकित्सकले यहीबीचमा राज्यमन्त्रीसँग मौखिक जानकारी गराएकी थिइन् । र, डा. पुकारले राज्यमन्त्रीलाई निवासमै भेटेर आफू मिलाएर लैजाने प्रतिवद्धता जनाएका थिए ।
५/५ मा जागिरबाट हटाइदिन्छु भन्दैं धम्की दिएको आरोप
५/७ मा नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघमा उजुरी
५/८ मा केन्द्रको बोर्डका अध्यक्ष स्वास्थ्य सचिवसमक्ष उजुरी
५/१५ मा डा. पुकारले शल्यक्रिया कक्षका कर्मचारीलाई पीडित चिकित्सक विरुद्ध हस्ताक्षर गर्न लगाइएको
५/२१ मा महानगरी प्रहरी वृत्त भक्तपुरको महिला सेलमा पीडित चिकित्सकको उजुरी
५/२२ मा जिल्ला प्रशासन कार्यलय भक्तपुरमा डा. पुकारद्वारा पाँच बुँदे विवरण पेश


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ