२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. ज्ञानेन्द्रमान सिंह कार्कीले स्थापना गरे विराट रेवन्त रुक्मिनी फाउण्डेसन

डा. ज्ञानेन्द्रमान सिंह कार्कीले स्थापना गरे विराट रेवन्त रुक्मिनी फाउण्डेसन


काठमाडौं—मोरङस्थित विराट मेडिकल कलेजका संस्थापक अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले विराट रेवन्त रुक्मिनी फाउण्डेसन स्थापना गरेका छन् । उनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न आफ्ना बुवाआमाको नाममा फाउण्डेसन स्थापना गरेका हुन् ।

२१ भदौं २०७९ मा विराट रेवन्त रुक्मिनी फाउण्डेसनले काठमाडौं विश्वविद्यालयलाई १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

विश्वविद्यालयअन्तर्गतका कुनै पनि मेडिकल कलेजमा पढ्न चाहने जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यका साथकाठमाडौं विश्वविद्यालय र विराट मेडिकल कलेजबीच सम्झौता समेत भएको छ ।

डा. कार्कीले काठमाडौं विश्वविद्यालयसँग आवद्ध विभिन्न संघसंस्थाले यसरी नै विभिन्न नाममा अक्षय कोष खडा गर्ने हो भने विश्वविद्यालयलाई ठूलो टेवा पुग्ने विश्वास व्यत्तः गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ