२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोभिड संक्रमितको मृत्यु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोभिड संक्रमितको मृत्यु


विराटनगर—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । धरान-१९ सुनसरी घर भएका ६८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालमा सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

२५ भदौमा प्रतिष्ठानमा उपचारका लागि आएका ती बिरामीलाई सोही दिन कोभिड-१९ पोजेटिभ पुष्टि भएको थियो । कोभिड-१९ विरुद्ध उनले दुवै डोज खोप लगाएको अस्पतालले जनाएको छ ।

उनको आइतबार विहान १२ः५० मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. पोखरेलले जानकारी दिए । हार्ट फेलियर वीथ क्रोनिक किड्नी डिजिज भएका उनको नियमाअनुसार शव व्यवस्थापनको तयारी भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ