२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १०४ जना कोभिड-१९ संक्रमित, २ जनाको मृत्यु

नेपालमा थप १०४ जना कोभिड-१९ संक्रमित, २ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप १ सय ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २ सय १ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म ९ लाख ८४ हजार ४ सय १३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार १४ पुगेको छ ।

नेपालमा आइतबारसम्म २ हजार ३ सय १६ सक्रिय केसहरु रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ