२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २०३ जनामा कोभिड-१९ संक्रमण, १२६ जना संक्रमणमुक्त

नेपालमा थप २०३ जनामा कोभिड-१९ संक्रमण, १२६ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप २ सय ३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १ सय २६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८४ हजार ७ सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या शुन्य छ । हालसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट १२ हजार १५ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा मंगलबारसम्म २ हजार २ सय ३२ सक्रिय केस रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ