२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहानगरका विद्यालयले सहरी स्वास्थ्य क्लिनिकसँगको समन्वयमा डेंगु सचेतना कार्यक्रम गर्नुपर्ने

महानगरका विद्यालयले सहरी स्वास्थ्य क्लिनिकसँगको समन्वयमा डेंगु सचेतना कार्यक्रम गर्नुपर्ने


काठमाडौं—काठमाडौं महानगरपालिकाभित्रका सबै विद्यालयहरुले सहरी स्वास्थ्य क्लिनिकसँग मिलेर डेंगु सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको छ ।

काठमाडौंमा डेंगुको संक्रमण तीब्र बनेसँगै २१ भदौंमा बसेको काठमाडौं महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले महानगरपालिअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विद्यार्थी सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।

जसअन्तर्गत विद्यालयहरुले वडास्थित सहरी क्लिनिकसँग समन्वय गरेर विद्यालयका स्वास्थ्य शिक्षक वा सम्बन्धित स्वास्थ्य कार्यकर्ताबाट हरेक दिन विहान प्रार्थनाको समयमा डेंगु रोगको लक्षण, यसको रोकथाम तथा उपचार पद्धतिका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ