२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभक्तपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. सुमित्रा गौतम

भक्तपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. सुमित्रा गौतम


काठमाडौं-भक्तपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. सुमित्रा गौतम नियुक्त भएकी छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले डा. गौतमलाई बुधबार भक्तपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको पत्र दिएको हो ।

‘मैले बुधबार भक्तपुर अस्पतालको मेसुको जिम्मेवारी दिएको पत्र पाए,’ डा. गौतमले हेल्थआवाजसँग भनिन्, ‘अब म अस्पताललाई आफ्नो क्षमताले भ्याएसम्म सुधार गरेर लैजान्छु ।’

डा. गौतमले आज नै पदभार ग्रहण गरेकी छन् । यसअघि भक्तपुर अस्पतालको मेसु डा. श्रीधर अर्याल रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ