२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१ असोजबाट काठमाडौंका सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनमा रोक

१ असोजबाट काठमाडौंका सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनमा रोक


काठमाडौं—काठमाडौं महानगरपालिकामा १ असोजबाट सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनमा रोक लगाइएको छ । काठमाडौं महानगरपालिका नगरसभाको ११ औ अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यन्वयन गर्ने निर्णय भएको थियो ।

सोही निर्णयअनुसार बिहीबार महानगरपालिकाले १ असोजबाट सार्वजनिक स्थलमा धुम्रपान र सूर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको सूचना जारी गरेको छ । यससँगै १ असोजबाट सार्वजनिक स्थानमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, गुट्खा, सूर्ति वा सूर्ति वा सूर्तिजन्य पदार्थ मुखमा राख्ने र त्यस्तो पदार्थको नसा लिने कार्य गर्न पाइने छैन ।

महानगरपालिकाले सार्वजनिकस्थललाई धुम्रपान र सूर्तिजन्य पदार्थमुक्त बनाउनका लागि नियमन तथा नियन्त्रणका लागि सहयोग गर्न पनि सबैमा अनुरोध गरेको छ । साथै, सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई सूर्तिजन्य पदार्थ (नियन्त्रण, नियमन गर्ने ऐन, २०६८ अनुसार जरिवाना तथा कारवाही हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ