२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय स्वास्थ्यकर्मी महासंघअन्तर्गतका विषयगत घटकको संयुक्त राष्ट्रिय महाधिवेसन सुरु

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघअन्तर्गतका विषयगत घटकको संयुक्त राष्ट्रिय महाधिवेसन सुरु

स्वास्थ्यमा जनताको पहुँच बढाउनेमा सरकारको ध्यान छैन : भट्टराई


काठमाडौं-नेकपा एमाले निकट स्वास्थ्यकर्मी महासंघअन्तर्गतका विषयगत घटक संघहरुको संयुक्त राष्ट्रिय सम्मेलन सुरु भएको छ । शनिबार कलंकीस्थित मेगा इभेन्ट भेन्युमा विषयगत घटकहरुको संयुक्त राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथी एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले स्वास्थ्यमा सरकार संवेदनशील बन्न नसकेको आरोप लगाए । ‘सरकार स्वास्थ्यका विषयमा कति असंवेदनशील छ भन्ने हेर्न कोरोनाकालमा ८८ दिन हुँदा समेत मन्त्री नियुक्त गरेन,’ उनले भने, ‘८८ दिन बाँकी हुँदा राज्यमन्त्री पठायो ।’

नेकपा एमालेका सचिव एवं स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले सरकारको ध्यान स्वास्थ्यमा जनताको पहुँच बढाउनेमा नभएको बताए । ‘स्वास्थ्य पुर्वाधारमा ध्यान छैन । एमालेका पालामा स्थानीय तहमा पुर्वाधार विकासका लागि प्रशस्त बजेट छुट्याइएको थियो,’ उनले भने, ‘तर, गठबन्धन सरकारले त्यो बजेट कटौती गरेको छ । स्वास्थ्यमा आवश्यकभन्दा धेरै कम बजेट छुट्याएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा. झलक शर्मा, वरिष्ठ उपाध्यक्ष भीमराज सिंहले विषयगत घटक संघहरुको संयुक्त संघको सम्मेलन सफलताको शुभकामना दिएका थिए । संयुक्त सम्मेलनले घटक संघहरुको नयाँ नेतृत्व चयन गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ